२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

मोरक्कोको भूकम्पमा हालसम्म ६३२ जनाको मृत्यु



काठमाण्डौ : मोरक्कोमा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ६३२ पुगेको छ । भूकम्पबाट घाइते ३२९ जना घाइते भएका छन् ।

शनिवार बिहानै मोरक्कोस्थित हाइ एटलस माउन्टेनलाई केन्द्र विन्दू बनाएर गएको ६.८ रेक्टर स्केल शक्तिशाली भूकम्प ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेको त्यहाँको गृहमन्त्रालयले जनाएको छ ।

भग्नावशेषबाट मानिसलाई निकाल्दै उद्धार कार्य भइरहेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको बताइएको छ ।

भूकम्पको पराकम्पन निरन्तर आएकाले मानिसहरु घर बाहिर आएर बसिरहेका छन् । उद्धार कार्यमा हजारौं सुरक्षाकर्मी खटिएका छन् ।

प्रकाशित मिति : २०८० भदौ २३ गते शनिबार
ताजा समाचार