२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

खैरो हेरोइनसहित बर्दियामा ३ जना पक्राउ



बर्दिया : बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ३० मिलिग्रामसहित ३ जना पक्राउ परेका छन् ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० बस्ने १८ वर्षीय किशोरसमेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आइरहेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

उक्त सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भदौ १५ गते शुक्रबार
ताजा समाचार