२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

बर्दियामा खैरो हेरोइनसहित ५ जना पक्राउ



बर्दिया : बर्दियाको मधुबन नगरपालिका–७ दशरथबस्ती बस्ने २१ वर्षीय सौगात सुनार समेत ५ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले लागूऔषध सेवन गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरी र प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले उक्त पदार्थ सेवन गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भदौ १३ गते बुधबार
ताजा समाचार