२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

छाडा चौपायामा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु



नेपालगञ्ज : छाडा चौपाया गाईमा मोटरसाइकल ठोकिएर नेपालगंजमा एक जनाको मृत्यु भएको छ । बर्दिया राजापुर नगरपालिकाका प्रदिप थारु सवार लु ८२ प ६४६८ नम्बर मोटरसाइकल आइतवार राति करिब साढे १० बजे छाडा गाईमा ठोकिएर घाइते भएका थिए ।

उनको तत्काल उद्धार गरि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्ज पुर्याइएको थियो । उनको उपचारका क्रममा रातिनै मृत्यु भएको बाँकेका प्रहरी प्रबक्ता डीएसपी नारायण डांगीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० भदौ ११ गते सोमबार
ताजा समाचार