बाँकेका कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

सदरलाइन संवाददाता ३० श्रावण २०८०, मंगलवार १४:५१
 

नेपालगञ्ज : बाँके कारगारमा रहेका अधिकांश कैदीबन्दीमा आँखा पाक्ने रोगको समस्या देखिएपछि कारागारमा निःशुल्क शिविर सञ्चालन गरेर कैदीबन्दीको आँखा परीक्षण गरिएको छ ।

फत्तेबाल आँखा अस्पतालको सहयोगमा बाँके जिल्ला अदालत बार एसोसियसन र नेपालगञ्ज उच्च बार एसोशिएशनद्वारा कारगारमा कैदीबन्दीका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।

फत्तेबाल आँखा अस्पतालका कार्यक्रम संयोजक उमर सादिकले कारगारमा रहेका ३०७ जना कैदीबन्दीको आँखा परीक्षण गरेर निःशुल्क औषधि वितरण गरिएको जनाउँदै अधिकांश कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको बताए ।

उनले कारगारमा धेरै कैदीबन्दी रहेको र उनिहरुसँगै बस्ने उठ्ने गरेकोले आँखा पाक्ने रोग तीव्र गतिमा फैलिएको जानकारी दिए ।


जिल्ला अदालत बाँकेका न्यायाधीश धनसिंह महराले थुनुवा, कैदीबन्दीहरुलाई औषधि हस्तान्तरण गरेर आँखा उपचार शिविरको उदघाटन गरेका थिए । सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले कैदीबन्दीका लागि निःशुल्क उपचार शिविर राखेर निकै सह्रानीय काम गरेको बताए ।

कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी कोचाकोच गरेर राखिएकाले पनि आँखा पाक्ने रोग फैलिएको मानवअधिकारकर्मीले जनाएका छन् । इन्सेकका क्षेत्रीय प्रमुख भोला महतले क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले सरुवा रोगको रुपमा रहेको ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’ फैलिएको बताए ।

यसअघि केही दिन पहिले जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरुको पनि निःशुल्क आँखा परीक्षण गरेर औषधि वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाढीले बर्दियास्थित दशगजा कटान

३० श्रावण २०८०, मंगलवार १४:५१
बर्दिया : बबई नदीमा आएको बाढीले गुलरियास्थित मस्जदियानजिक दशगजा क्षेत्र कटान गरेको छ । सशस्त्र सीमा बलका अनुसार आइतबारको बाढीले करिब ५ कठ्ठा दशगजा कटान गरेको अनुमान गरिएको छ । नदीको धार परिवर्तन हुँदा भारतीय सीमातर्फ कटान भइरहेको छ । जलसतह घटेपछि मात्र कति जमिन कटान भयो भन्ने यकिन हुने […]