लुम्बिनीमा बिजुली बस बिहीवारदेखि सञ्चालनमा

सदरलाइन संवाददाता १३ आश्विन २०७९, बिहीबार १६:१६
 

नेपालगञ्ज : लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस बिहीवारदेखि सञ्चालनमा आएका छन् । दशैँको अवसर पारेर लुम्बिनी विकास कोषले आजदेखि विद्युतीय गाडीको अफिसियल यान्त्रिक परीक्षण स्वरुप सञ्चालनमा ल्याएको हो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले शुभारम्भ गरे ।


पाँचवटा विद्युतीय बस लुम्बिनी एयरपोर्ट बेलहिया हुँदै रामग्राम, लुम्बिनी एयरपोर्ट हुँदै बुटवल गोलपार्क, लुम्बिनीबाट तिलौराकोट साइट परिक्रमा, लुम्बिनी वरिपरि सटल बस, लुम्बिनीबाट एयरपोर्ट बेलहिया मणिग्राम हुँदै देवदह रूटमा गाडी चल्नेछन् ।

होटल एशोसिएशन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोषका तर्फबाट एक–एक बसका लागि चालकको जिम्मेवारी लिएका छन् । कम्तीमा १५ दिनसम्म नै यो सेवा सञ्चालन गरी परीक्षणकाल सकेर औपचारिक सुरु गर्ने कोषका कोषाध्यक्ष भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्व मुटु रोग दिवसमा कौशिल्या अस्पतालमा निःशुल्क परामर्श सेवा

१३ आश्विन २०७९, बिहीबार १६:१६
कोहलपुर (बाँके) : विश्व मुटु रोग दिवसको अवसरमा बाँकेको कोहलपुरस्थित कौसिल्या अस्पतालले प्रेसर सुगर र मुटु सम्बन्धी निःशुल्क विशेषज्ञ परामर्श सेवा बिहिबार कोहलपुरस्थित आफनै अस्पतालमा दिएको छ । आज विश्व मुटु रोग दिवसको अबसरमा अस्पतालले प्रेसर, सुगर र मुटु सम्बन्धी निःशुल्क विशेषज्ञ परामर्श सेवा दिईएको अस्पतालका निर्देशक राम न्यौपानेले बताए […]