शनिवार ऋषिपञ्चमी पर्व मनाईंदै

सदरलाइन संवाददाता २६ भाद्र २०७८, शनिबार १३:०६
 

नेपालगञ्ज : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको पाइन्छ ।


रजस्वलाका समयमा छाईछुई लगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

अहिले कोरोना महामारी कम हुँदै गएकाले मन्दिर खुला गरिए पनि सामाजिक दूरी कायम गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर पूजा आराधना गर्न सबैलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जाजरकोटमा भेटिए दादुराका बिरामी

२६ भाद्र २०७८, शनिबार १३:०६
जाजरकोट : जाजरकोटमा दादुराका बिरामी भेटिएका छन् । नेपालले सन् २०१९ भित्र उन्मूलन गर्ने लक्ष्य लिए पनि जाजरकोटको भेरी नगरपालिका–१ रावतगाउँमा दादुराका बिरामी फेला परेका हुन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को सहयोगमा भेरी–१ रावतगाउँमा १८ बालबालिकाको नमुना सङ्कलन गरी जाँच गर्दा थप दुईमा दादुरा सङ्क्रमण पुष्टि भएपछि अवस्था गम्भीर देखिएको […]

सम्बन्धित