बाढीले बर्दियास्थित दशगजा कटान

सदरलाइन संवाददाता ३० श्रावण २०८०, मंगलवार १५:०१
 
फाइल फोटो

बर्दिया : बबई नदीमा आएको बाढीले गुलरियास्थित मस्जदियानजिक दशगजा क्षेत्र कटान गरेको छ । सशस्त्र सीमा बलका अनुसार आइतबारको बाढीले करिब ५ कठ्ठा दशगजा कटान गरेको अनुमान गरिएको छ ।

नदीको धार परिवर्तन हुँदा भारतीय सीमातर्फ कटान भइरहेको छ । जलसतह घटेपछि मात्र कति जमिन कटान भयो भन्ने यकिन हुने पनि सशस्त्र प्रहरी बल, बर्दियाले जनाएको छ । बबईमा जलस्तर बढी भएकोले यस क्षेत्रमा दशगजा र सीमास्तम्भ देखिन छाडेको स्थानीयले बताएका छन् । गुलरिया नगरपालिका—१० मस्जदियास्थित नेपाल–भारत सीमा छुट्टाउने ६७१/७ नम्बरको सीमा स्तम्भ बगाएको आशंका गरिएको स्थानीय दीपु चौधरीले बताए ।


प्रमुख जिल्ला अधिकारी नारायण रिसालले सीमा स्तम्भ बगाएको भन्न नमिल्ने बताए । ‘सीमा स्तम्भ माथिबाट बाढीको पानी बगिरहेकोले देखिन छाडेको छ,’उनले भने, ‘जलबहाव कम भएपछि मात्र सीमा स्तम्भ भए/नभएको थाहा हुन सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समावेशी प्यानलमा चुडीवालादेखि उद्योगपतिसम्म

३० श्रावण २०८०, मंगलवार १५:०१
नेपालगञ्ज :  आगामी भदौ २ गते सम्पन्न हुने नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा समावेशी प्यानलमा नाम जस्तै चुडीवालादेखि उद्योगपतिसम्मलाई मैदानमा उतारेको छ । ‘उद्योगी, व्यवसायीकोे एकता, समावेशी प्यानलको पहिचान, समृद्ध बाँके निर्माणका लागि व्यवसायिक क्षेत्रको योगदान’ भन्ने मूल नारा र १७ ‘स’को प्रतिबद्धताहरु र उद्योग, व्यापार र वाणिज्य सबै क्षेत्रबाट […]