बाँकेको ८१ वडा मध्ये ७ वडाको मत परिणाम सार्वजनिक

सदरलाइन संवाददाता १ जेष्ठ २०७९, आईतवार ११:५३
 

नेपालगञ्ज :  गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनको मत परिणाम आउने क्रम सुरु भएको छ । बाँकेका ८१ वटा वडा मध्ये ७ वटा वडाको अन्तिम मत परिणाम सार्बजनिक भएको छ । अहिलेसम्म काँग्रेस, एमाले र जसपा २÷२ र माओवादी केन्द्रले १ वटा वडा जितेका छन् ।

कांग्रेसले नेपालगञ्ज २३ र खजुरा १, एमालेले राप्तीसोनारीका १ र ३, जसपाले जानकी १ र नेपालगञ्ज २२ तथा माओवादीले कोहलपुर १ मा जित हासिल गरेका छन् ।


नेपालगञ्ज उपमहानगरपालिका २२ मा जसपाबाट अब्दुल गफ्फार हलवाई बिजयी भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका २३ मा काँग्रेसका उम्मेदवार जबरअली बेहना बिजयी भएका छन् ।

यस्तै जानकी गाउँपालिका १ मा जसपाका उम्मेदवार मो. रजा राई, राप्तीसोनारी गाउँपालिका १ मा एमालेका यमबहादुर खड्का, राप्तीसोनारी गाउँपालिका ३ मा एमालेका मीनकुमार थारु, कोहलपुर नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका बद्रीप्रसाद जैसी र खुजुरा गाउँपालिका १ मा काँग्रेसका मनबीर खत्री बिजयी भएका छन् ।

मतपत्र ठूलो र अत्यन्त मन्द गतिमा मत गणना भएको कारण नतिजा आउन ढिलो भएको बताईएको छ । बाँकेको नरैनापुर, बैजनाथ र डुडुवामा मतगणना स्थगित भएको छ । स्थगित भएका ठाँउमा पुन सर्वदलिय बैठक बसेर सुचारु गर्ने तयारी भएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा गठबन्धनका विष्ट अगाडि पछाउदै नन्दलाल

१ जेष्ठ २०७९, आईतवार ११:५३
नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख पदमा काँग्रेस जसपा गठबन्धनबाट नेपाली कांग्रेसका प्रशान्त विष्ट २१४० मतका साथ अग्रस्थानमा छन् । दोस्रोमा राप्रपाका नन्दलाल बैश्यले १०३३ र तेस्रो स्थानमा रहँदै एमालेका पशुपतिदयाल मिश्रले ९६८ मत पाएका छन् । यस्तै उपमेयरमा जसपाका कमरुद्दिन राईको १४४२, राप्रपाकी विन्दु चर्ती मगरको १०८४ र नेकपा एमालेकी […]

सम्बन्धित