संस्थागत रक्तदानलाई निरन्तर बृद्धि गर्न आग्रह

सदरलाइन संवाददाता २६ श्रावण २०८०, शुक्रबार १५:२१
 

नेपालगञ्ज :  बाँकेमा उपचारमा रगतको कमी हुन नदिनको लागि संस्थागत रक्तदानलाई निरन्तरता दिनको लागि आव्हान गरिएको छ । जिल्लाका बिभिन्न अस्पतालहरुमा दैनिक उपचारको लागि रगतको माग बढ्नु र रक्तदान हुने क्रम घट्दा उपचारको लागि आवश्यक रगतमा अभाव देखिएपछि सो आवहान गरिएको हो ।

मौसम परिवर्तनका कारण अस्पतालमा विरामीको चाप बढ्नाले विरामीको उपचारमा रगतको अभाव देखिन सक्ने भएकोले संस्थागत रक्तदानलाई सक्रिय बनाईदिन रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले आग्रह गरे ।

वर्षातको मौषममा विभिन्न संक्रमण जन्य रोगको चाप हुनुको साथै सडक दुर्घटना पनि बढ्दो संख्यामा हुने भएकोले उपचारको लागि रगतको माग अत्यन्त बढी हुने भएकोले संस्थागत रक्तदानको आवश्यकता खट्किएको उनको भनाई छ ।


उनले भने–‘बाँकेमा रहेको रक्तसञ्चार केन्द्रबाट यस क्षेत्रका अस्पतालहरुबाट प्रतिदिन ६५ पिन्ट रगतको माग आउने गरेको छ । यसमा पनि नेगेटिभ गु्रपको रगत अत्यन्तै न्यून हुने भएकोले त्यस्ता दातालाई स्टेण्डवाई राख्ने र आवश्यक परेको बेलामा बोलाएर रगत लिने गरिएको छ ।’

बाँकेमा नियमित रुपमा १२८ वटा संस्थाले नियमित रक्तदान कार्यक्रम आयोजना गर्दै आएको र यतिले मात्र रगतको माग अनुसारको आफूर्ती दिन नसकिने अवस्था रहेको केन्द्रप्रमुख रेग्मीको भनाई छ ।

यसैवीच लोकप्रिय सन्देश दैनिकको आयोजनामा नेपालगञ्जमा त्रैमासिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा ३० जना भन्दा बढिले रक्तदान गरेका थिए । सो अवसरमा पुर्वमन्त्री मोहम्मद इस्तियाक राई, नेपालगञ्जका उपप्रमुख कमरुद्दिन राई, भेरी अस्पताल बिकास समितिका अध्यक्ष बिरेन्द्र शाह, अग्रज पत्रकार कमल न्यौपाने, नन्दलाल बैश्य रक्तदाता पत्रकार भगतराम थारु, आशा परियार लगायतका अग्रज ब्यत्तित्वहरुको उपस्थिती रहेको कार्यक्रम संयोजक दिनेश ठाकुरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय चिकित्सा शिक्षा ऐन परिमार्जन गर्न चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको आग्रह

२६ श्रावण २०८०, शुक्रबार १५:२१
नेपालगञ्ज :  चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालगञ्जले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ लाई परिमार्जन गरी चिकित्सा शिक्षा आयोग तथा प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिईभिटी अन्तरगत सञ्चालनमा रहेका प्रिडिप्लोमा तहका चिकित्सा स्वास्थ्य विषयका स्टाफ नर्श र विएस्सी नर्सिङ्गका शिक्षण संस्थाहरु सहजै सञ्चालन गर्न सकिने गरी व्यवस्था मिलाउन आग्रह […]