कोहलपुरमा मिनीबस र ट्रक ठोक्किँदा १ जनाको मृत्यु

सदरलाइन संवाददाता ११ माघ २०८०, बिहीबार १४:३३
 

नेपालगञ्ज : कोहलपुर नगरपालिका वडा नम्बर १४ पर्वतिपुरमा बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

बिहीवार बिहान अन्दाजी बिहान ७ बजेको समयमा नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको भे १ ख ४०३३ नम्बरको मिनीबस र न ५ ख ८५६६ नम्बरको ट्रक पर्वतिपुरस्थित आपसमा ठोक्किएको थियो ।

उक्त ठक्करबाट ट्रकका साहु जिल्ला रुपन्देही देवदह नगरपालिका ६ खैरेनी बस्ने राम कृष्ण गोतामेको मृत्यु भएको छ ।


मिनीबसमा सवार जिल्ला पश्चिम रुकुम सानोभेरी गाउँपालिका ३ चौकी बस्ने लोकेन्द्र विक र उनका श्रीमती रमकला विक घाइते भएका छन् ।

मृतकका शव शव गृहमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा करणी गरेको आरोपमा २ जना पक्राउ

११ माघ २०८०, बिहीबार १४:३३
बर्दिया : बर्दियामा नाबालिगमाथि जबरजस्ती करणीको छुट्टाछुट्टै घटनामा प्रहरीले दुई जना पक्राउ गरेको छ । प्रहरीका अनुसार बिहे गर्छु भन्दै नाबालिगमाथि पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा बढैयाताल गाउँपालिका–३ का एक जनालाई पक्राउ गरेको हो । ती व्यक्तिले माघ २ गते सोही स्थान बस्ने नाबालिगलाई बिहे गर्छु भनी फकाई भगाएर गाउँकै […]

सम्बन्धित