स्कार्पियोमाथि पहिरो खसेर मृत्यु हुने ३ जनाको सनाखत

सदरलाइन संवाददाता १३ भाद्र २०८०, बुधबार १५:००
 

पाल्पा : पाल्पामा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेर मृत्यु भएका ३ जनाको सनाखत भएको छ ।

बुधवार बिहान गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियोमाथि पाल्पाको जोर्तेको उकालोमा गुडिरहेका बेला सुक्खा पहिरो खस्दा ३ जनाको मृत्यु भएको थियो ।


जिपमा सवारहरुमा मृत्यु हुने ३ जनामा गुल्मीको रेसुंगा नगरपालिका–७ की ५० वर्षीया मनकला चुँदारा, पोखरा महानगरपालिका–२५ का ३१ वर्षीय विनोद तिमिल्सेना, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक हवल्दार यमबहादुर बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । गाडीमा सवारी ८ जना घाइतेहरुको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा खैरो हेरोइनसहित ५ जना पक्राउ

१३ भाद्र २०८०, बुधबार १५:००
बर्दिया : बर्दियाको मधुबन नगरपालिका–७ दशरथबस्ती बस्ने २१ वर्षीय सौगात सुनार समेत ५ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । उनीहरुले लागूऔषध सेवन गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरी र प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले उक्त पदार्थ सेवन गरिरहेको […]