सदरलाइनडटकम,
नेपालगञ्ज : भूमिसुधार तथा मालपोत कार्यालय बाँकेमा जग्गा बाँडफाँडका लागि परेको निवेदनको सनाखत भईरहेको छ । पछिल्लो एकमहिनाको अवधीमा ३ सय ६८ जना मोही किसानले निवेदन दिएका छन् ।
यसअघि मोही बाँडफाँडका दुई हजार ९२ निवेदनसहित मोही बाँडफाँडका दुई हजार ४६० निवेदन परेका छन् । कार्यालय प्रमुख प्रेम दौल्यालका अनुसार पुराना मोही बाँडफाँडका निवेदनमध्ये कतिपय समाधान भईसकेका छन् । पछिल्लो पटक पुष १६ देखि माघ १५ गतेसम्म मोही बाँडफाँटका लागि निवेदन दिने समयसीमा तोकिएको थियो । त्यसमाथि सरकारले २०७६ भदौं ५ गतेभित्र निवेदन समाधान गरिसक्नुपर्ने समयसीमा समेत दिएको छ ।
मोही बाँडफाँडको निवेदन परेपछि प्रतिवादी जग्गाधनीको नाममा म्याद तामेल गर्नुपर्ने हुन्छ । तर एकजना मात्रै तामेलदार त्यो पनि करारमा नियुक्त गरिएको कार्यालय प्रमुख दौल्यालले जानकारी दिए ।
Next Post
बुद्धिमानलाई अरुणोदय माविद्वारा सहयोग
१७ माघ २०७५, बिहीबार १५:००
सम्बन्धित
-
११ पुष २०८०, बुधबार १७:३९
खजुरा र नरैनापुरका विपन्न किसानलाई साना सिँचाइ सुविधा
-
११ आश्विन २०७८, सोमबार १७:२९
बिग्रिएका सिसिक्यामेरा मर्मतको काम शुरु
-
११ कार्तिक २०७८, बिहीबार १७:२४
अबैध कुखुराका चाल्लासहित चारजना पक्राउ
-
११ असार २०७६, बुधबार १९:१०
बाँकेका एसपीको विदाई, नयाँको स्वागत
-
२१ भाद्र २०७३, मंगलवार ०१:४१
नेपालगन्ज उद्योग बाणिज्य संघको पद हस्तान्त्रण
-
३ चैत्र २०८०, शनिबार १८:०५
रुकुम पश्चिममा ३० हजार अस्थायी आवास निर्माण