अछाम पहिरो : १४ जनाको शव भेटियो, ९ जना बेपत्ता

सदरलाइन संवाददाता १ आश्विन २०७९, शनिबार १२:५०
 

नेपालगञ्ज : अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।


उनका अनुसार पहिरोमा पुरिएर ९ जना बेपत्ता छन् भने ११ जना घाइतेको उद्धार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शनिवार विश्वकर्माको पूजाआजा गरिँदै

१ आश्विन २०७९, शनिबार १२:५०
नेपालगञ्ज : प्रत्येक वर्ष असोज १ गतेका दिन मनाइने विश्वकर्मा पूजा शनिवार सवारी साधन, फलाम उद्योग तथा अन्य धातुजन्य कलकारखानामा पूजाआजा गरी मनाईंदै छ । विश्वकर्मा पूजाका अवसरमा कलकारखानामा रंगीचंगी ध्वजापताका टाग्नुका साथै विशेष पूजा गरिएको छ । सवारी साधन हुनेले बिहानै सवारी साधनको सफा गरी पूजा गरेका छन् भने […]