२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

करणीको मुद्दा मिलापत्र गराउने चार जना पक्राउ



कोहलपुर (बाँके) : जबरजस्ती करणीको मुद्दा मिलापत्र गर्न दवाव दिने ४ जनालाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका वडा नं.२ मा भएको बलात्कारको घटना मिलापत्र गराउने भन्दै १८ लाख लिएर घटना लुकाउन खोज्ने ४ जनालाई प्रहरीले नियन्त्रण्मा लिएको हो । अन्य केही फरार रहको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी श्रोतका अनुसार मिलापत्र गर्न दवाव दिने आरोपमा पवित्रा ढकाल, माया हमाल, रञ्जिता थारू, विजय पोख्रेललाई नियन्त्रणमा लिइएको हो । पीडित महिलाको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

उनीहरूले मुद्दा मिलाउने भन्दै आफुलाई जर्वरजस्ती १८ लाख दिएको र सो रकममध्ये ४ लाख मिलापत्र वापतको खर्च भन्दै उनीहरूले नै लगेको पीडित महिलाले दिएको उजुरीमा उल्लेख रहेको एक प्रहरीले जानकारी दिए ।

इलाका प्रहरी श्रोतका अनुसार मिलापत्र गर्न दवाव दिएको भन्दै अदालतमा मुद्दा दर्ता भई सकेको छ । अन्य केही फरार रहेको र उनीहरूको खोजी भई रहेको छ । बलात्कार आरोपीलाई पनि पक्राउ गरेर कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०८० असार १८ गते सोमबार
ताजा समाचार