मोटरसाइकल दुर्घटना हुँदा बाँकेमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता १३ श्रावण २०८०, शनिबार १४:०२
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

शुक्रवार राती १२ बजेतिर राप्तीसोनारी गाउँपालिका–४ हुलाकी राजमार्ग अन्तर्गत सुर्यलालपुर चोकमा बा ५५ प ५०३४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक ३० वर्षीय राम थारुको मृत्यु भएको राप्तीसोनारी–४ का वडाध्यक्ष मीनराज खड्का (सन्तोष)ले जानकारी दिए । गाउँपालिकाको धामपुरबाट सुर्यलालपुर जाँदै गरेको तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको वडाध्यक्ष खड्काले बताए ।


दुर्घटनामा गम्भीर घाइते भएका राप्तीसोनारी–३ का रामको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा मृत्यु भएको हो भने घाइते हेमकुमार थारु र प्रकाश थारुको उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर खानेपानी संस्थामा भुषालको प्यानलै बिजयी

१३ श्रावण २०८०, शनिबार १४:०२
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर बृहद् सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा लोकतान्त्रिक प्यानल बिजयी भएको छ । ८ वर्षपछि भएको निर्वाचनमा ४ दलिय गठबन्धनको साझा समावेशी प्यानल र समावेशी स्वतन्त्र प्यानलका उम्मेदवारहरुलाई पराजित गर्दै लोकतान्त्रिक प्यानलका उम्मेदवार बिजयी भएका हुन् । निर्वाचनको अन्तिम मत परिणाम अनुसार अध्यक्ष पदमा […]