कार्गो विमानमा क्षमताभन्दा बढि सामान भेटियो

२६ असार २०७६, बिहीबार १६:४८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल एयरलायन्सको कार्गो उडानमा क्षमताभन्दा बढि सामान पठाउने गरेको पाइएको छ । विमान चालकले शंका लागेर पुनः तौल गरेपछि विमानमा क्षमताभन्दा बढि सामान पठाउने गरिएको पुष्टि भएको हो ।
बैशाख ७ गते नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलमा नेपाल एयरलायन्सको ट्विनएटर कार्गो विमानले उडान गरेको थियो । विमान उडाउने क्रममा बढि सामान भएको शंका लागेपछि चालक मनिष विष्टले सिमकोटमा पुनः तौल गराएपछि १३० किलो सामान क्षमताभन्दा बढि भेटिएको नेपाल एयरलायन्सका एकजना कर्मचारीले जानकारी दिए ।
नेपाल एयरलायन्सको सिमकोट विमानस्थल टावरका प्रमुख गौरीशंकर शाहले सिमकोटमा विमानमा बढि सामान भएको आशंकामा पुनः तौल भएको जानकारी पाएको बताए । क्षमताभन्दा बढि सामान पाइएको भन्दै उनले हुम्लामा यो पहिलो घटना भएको बताए । हुम्ला नेपालकै सबैभन्दा बढि उच्च अल्टिच्यूट भएको जिल्ला हो । विमानमा क्षमताभन्दा बढि भार अतिजोखिमपूर्ण हुने कर्मचारीहरुले बताएका छन् ।

Next Post

विपदमा खोज तथा उद्दारको लागि सामाग्री हस्तान्त्रण

२६ असार २०७६, बिहीबार १६:४८
सदरलाइनडटकम, राप्तीसोनारी (बाँके)  : बाँकेमा बाढी जन्य प्रकोपको बेलामा खोज तथा उद्दारका साथै समुदायमा सुचना पुराउनको लागि आवश्यक सामग्री जिल्ला विपद व्यवस्थापन समितिले विभिन्न समुदायिक विपद व्यवस्थापन समितिलाई हस्तान्त्रण गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिति बाँकेका फोकलपर्शन तथा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालले प्राकृतिक प्रकोपका बेला सर्वसाधारणलाई […]