असहाय र अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

२७ भाद्र २०७४, मंगलवार १८:३८
 

सदरलाइनडटकम
२७ भदौ, नेपालगन्ज : बाँकेको जानकी गाउपालिकामा रहेको समाज विकास प्रवद्र्धन केन्द्रमा आश्रित रहेका ९ जना अनाथ र असहाय बालबालिकालाई नेपालगन्जका एक विद्यार्थीले आफ्नै पहल र प्रयासमा शैक्षिक सामाग्री संकलन गरेर उपलब्ध गराएका छन् ।
नेपालगन्ज उप–महानगरपालिका–२ निवासी विद्यार्थी सोयिबा सिद्दिकीले सो केन्द्रमा आश्रित रहेका ९ जना अनाथ र असहाय बालबालिकाको पठनपाठनमा सहयोग पुग्ने गरी शैक्षिक सामाग्री संकलन गरेर उपलब्ध गराकी हुन ।
बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, नेपाल विद्यार्थी संघ बाँकेका कार्यसमिति सदस्य विवेक मल्ल, समाज विकास प्रवद्र्धन केन्द्रका अध्यक्ष मिन बहादुर अर्याल र सोबिया सिद्दिकी लगायतले ती बालबालिकालाई सो शैक्षिक सामाग्री एक कार्यक्रममा बितरण गरे ।
अनाथ र असहाय ती ३ जना बालक र ६ जना बालबालिकालाई उपलब्ध गराईएको शैक्षिक सामाग्रीमा हरेकलाई एक थान ब्याग, १२ वटा कपी, एक ड्राइंग कपी, एक डिब्बा पेन्सिल, एक डिब्बा कलर, एक थान मोबाइल गेम, रबर, कटर, ग्लुस्टिक र टेप रहेका छन् ।
शैक्षिक सामाग्री पाउने बालबालिकाहरुमा रोशन आहुजी, अर्जुन क्षेत्री, अरुणिमा थारु, दुर्गा क्षेत्री, हरा आहुजी, सुवेदना थारु, धनमाया पुन, सुमिता थारु र मुमा डांगी रहेका छन् ।
शैक्षिक सामाग्रीको अभावले केन्द्रमा आश्रित रहेका बालबालिकाको पठनपाठनमा समस्या भैरहेकोले उनीहरुको पढाईलाई निरन्तरता दिन आफुले आफ्नै पहलमा सो शैक्षिक सामाग्री संकलन गरेर उपलब्ध गराएको सिद्दिकीले बताईन ।
सो अवसरमा बोल्दै समाज विकास प्रवद्र्धन केन्द्रका अध्यक्ष मिन बहादुर अर्यालले अभिभावकविहिन अवस्थामा रहेका असहाय र अनाथ बालबालिकालाई सहयोगका लागि आफुले सबैतिर धेरै प्रयास गरेपनि प्रयाप्त सहयोग नपाको जनाउँदै ती बालबालिकाको पालनपोषणमा समस्या भैरहेको बताए । १० देखि १४ बर्षसम्म उमेरका ती ९ जना बालबालिकाहरु २ देखि १० कक्षासम्म नेपालगञ्जका २ वटा सरकारी बिद्यालयमा अध्ययन गरिरहेका छन् ।  


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचनमा भोजभतेर गरेर तडकभडक गर्नेहरुको उम्मेदवारी नै रद्द गर्ने प्रमुख निर्वाचन आयुक्त डा. यादवको चेतावनी

२७ भाद्र २०७४, मंगलवार १८:३८
 ‘प्रधानमन्त्री कार्यकारी प्रमुख हो, उहाँलाई कारवाही गर्न मिल्दैन’ सदरलाइनडटकम २८ भदौ, काठमाण्डौ : प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले २ नम्बर प्रदेशको निर्वाचनमा भोज भतेर गरेर तडकभडक गर्ने उम्मेदवारहरुको उम्मेदवारी नै रद्द गर्ने चेतावनी दिएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेदवारहरुले […]