नेपालगञ्ज : नेपालगञ्ज १८ द्वारा एक सताभित्रै दुईवटा अस्फाल्ट कालोपत्रे सडक शिलन्यास गरी विकास निर्माणको कामलाई तीब्रता दिएको छ ।
नेपालगञ्ज वडानं १८ मा पर्नेे बर्दिया बाईपास अन्तरगत बिशालचौकदेखि बनियागाँउ सडकखण्ड अन्तरगत करिब २ सय मिटर अस्फाल्ट कालोपत्रे सडक निर्माणको लागि शिलन्यास गरिएको हो ।


नेपालगञ्ज–१८ का वडा अध्यक्ष दिपक बर्माले ५० लाखको लागतमा २ सय मिटर लम्बाई ६ः५० मिटर सब बेस चौडाई तथा ५ः५० मिटर चौडाइ भएको अस्फाल्ट कालोपत्रे सडक निर्माण शुरु गरिएको बताए ।
सडकको शिलान्यास टोलबिकास समितिका अध्यक्ष जेष्ठ नागरिक टीकाराम कँडेलेले गरेका थिए । नेपालगञ्ज–१८ ले एक हप्ता भित्र कालोपत्रे सडकको यो दोश्रो शिलान्यास हो ।
आगामी पौष मसान्तसम्म कार्य सम्पन्न गर्ने ठेकेदार कम्पनीले समय पाएको भएपनि चाडैनै निर्माण सम्पन्न हुने कुरामा आफुहरु विश्वस्थ रहेको वडा अध्यक्ष बर्माले बताए ।