दाङमा एक वर्षमा चार हजार युनिटभन्दा बढी रगत खपत

सदरलाइन संवाददाता ११ श्रावण २०७८, सोमबार १४:५५
 

दाङ : दाङमा एक वर्षमा चार हजार युनिटभन्दा रगत खपत भएको छ । घोराही, तुलसीपुर र लमहीमा रक्त सञ्चार केन्द्र सञ्चालनमा छन् ।

रक्त सञ्चार केन्द्र घोराहीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा चार हजार ४५ युनिट रगत खपत भएको छ । अघिल्लो आर्थिक वषम तीन हजार ८०० युनिट रगत खपत भएको केन्द्रका इन्चार्ज दीलिप न्यौपानेले जानकारी दिए ।

नियमित रूपमा रगतदान गर्ने दाताहरूको संख्या भने कम हुँदै गए पनि खपत भने बढ्दै गएको न्यौपानेले बताए । स्वयंसेवक, संघसंस्था, अभियानहरूले मात्रै अहिले रगतको मागलाई पूर्ति गरेको उनले बताए । उनका अनुसार कहिले काहीँ आपतकालीन अवस्थामा केही घण्टा समय लाग्ने गरेको भए पनि सकेसम्म रगतको अभाव हुन नदिएको समेत बताए।

गत वर्ष चार हजार ७४ युनिट रगत संकलन भएको छ । तीन केन्द्रमध्ये सबैभन्दा धेरै घोराहीबाट २५ सय ४६, तुलसीपुरबाट ११ सय ३८ र लमहीबाट ३९० युनिट रगत संकलन भएको इन्चार्ज न्यौपानेले बताए । तीनमध्ये घोराहीबाट २५ सय ६१, तुलसीपुरबाट एक हजार ४५ र लमहीमा ४३९ युनिट रगत खपत भएको समेत उनको भनाइ छ ।


त्यस्तै, गत आर्थिक वर्षमा तीन हजार ४०९ जना पुरूष र ६६५ जना महिलाले रक्तदान गरेका थिए। पछिल्लो समय जिल्लामा व्यक्तिगतभन्दा पनि संस्थागत रूपमा रक्तदान हुने क्रम बढेको उनले बताए । उनका अनुसार जिल्लामा गएको वर्ष सबैभन्दा बढी अनेरास्ववियुले पाँचपटक रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

त्रिभुवननगर जेसिजले चारपटक रक्तदान कार्यक्रम गरेको थियो । संस्थागतरूपमै रगतदान गर्ने संस्कारको विकास हुँदा रगत आपूर्ति सहजरूपमा हुन थालेको उनले बताए । एक वर्षको अवधिमा ७३३ जना नयाँ रक्तदाता थपिएका छन् ।

तुलसीपुरको रक्तसञ्चार केन्द्रबाट ३३६, घोराहीबाट ३७१ र लमहीबाट २६ जना नयाँ रक्तदाताले रगतदान गरेका छन् । गत वर्ष १ हजार १५९ जनाले स्वयम्सेवकका रूपमा रक्तदान गरेका थिए भने ८०५ जनाले आवश्यकताको आधारमा रक्तदान गरेका थिए । जिल्लामा पछिल्लो समय सेतो रगत १४२ युनिट खपत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जरायोको सिङसहित दाङमा तीनजना पक्राउ

११ श्रावण २०७८, सोमबार १४:५५
दाङ : दाङमा प्रतिबन्धित वन्यजन्तु जरायोको सिङसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्ने दाङको बबई गाउँपालिका–१ गँगटेका २२ वर्षीय जीवन घर्ती, बबई–४ हापुरेका ३९ वर्षीय इन्द्रबहादुर केसी र सल्यानको शारदा नगरपालिका–४ साईलाकम्दाका २२ वर्षीय विनोद वली रहेका छन् । उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका–८ गहते खोलाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय […]