मन्त्री नमुना बस दुर्घटनाका घाइते भेट्न शिक्षण अस्पतालमा

सदरलाइन संवाददाता २८ पुष २०८०, शनिबार १४:५६
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले भालुबाङ बस दुर्घटनाका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी छन् । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगेर उपचाररत दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्था बुझ्दै उनले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी हुन् ।

दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मन्त्री केसीले उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशनसमेत दिइन् ।

अस्पताल प्रशासन, उपचारमा संग्लन चिकित्सक र बस समितिका प्रतिनिधिलाई मन्त्री केसीले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन आग्रह गरिन् ।‘बस समितिले घाइतेहरूको उपचार गर्छ र अहिले गरिरहेको पनि छ’ उनले भनिन्, ‘तपाईहरू (चिकित्सक) ले पनि उपचारमा कुनै कमी हुन नदिनुहोला ।’
आर्थिक अभावकै कारण घाइतेहरूको उपचारमा समस्या आउन नदिन समेत मन्त्री केसीले निर्देशन दिइन् । मन्त्री केसीले नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनाबाट आफू मर्माहत भएको समेत बताउँदै दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारजनमा शोक व्यक्त गरिन् ।


शिक्षण अस्पतालमा उपचाररत १३ जना घाइतेहरुमा १ जना उपचार पछि डिस्चार्ज भएको, २ जनाको आईसीयूमा भर्ना भइ उपचाररत रहेको र १० जना घाइतेको इमर्जेन्सी वार्डमा उपचार भै रहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

नेपालगन्जबाट काठमाडौंका लागि छुटेको बस शुक्रवार राति दाङको भालुवाङस्थित राप्ती नदी पुलबाट खसेर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका थारु गाउँबस्ती माघीमय

२८ पुष २०८०, शनिबार १४:५६
नेपालगञ्ज : बाँके र बर्दियाका थारु बाहुल्य गाउँबस्तीमा माघीको रौनक छाएको छ । यतिबेला थारु गाउँबस्ती माघीमय बनेको छ । माघी पर्व आउनुभन्दा एकसाता अघिबाटै गाउँघरमा माघी पर्वको रमझम सुरु भइसकेको बाँकेको राप्तीसोनारी गाउँपालिका ७ का वडा अध्यक्ष राम लखन थारुले बताए । उनका अनुसार माघी पर्वलाई थारु समुदायले नयाँ […]

सम्बन्धित