२० ग्राम ब्राउन सुगरसहित दुई परे प्रहरीको फन्दामा

८ भाद्र २०७७, सोमबार २०:३५
 

 

नेपालगञ्ज : बाँके प्रहरीले सोमबार दिउसो साढे ३ बजेको समयमा प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।


प्रहरीले नेपालगञ्ज– १३ किसान ईट्टाभट्टा स्थित जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण व्युरो नेपालगञ्ज बाँकेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सोही वडाकै परसनपुरवा बस्ने वर्ष २२ को ओम प्रकाश सिंह र भारत जिल्ला बहराईच थाना रुपैडिया गाउँ केवलपुर बस्ने वर्ष २५ को अजय कौलिकलाई नियनत्रणमा लिएको हो ।

उनीहरुका साथबाट प्रहरीले प्लाष्टिकको २० वटा पुडिया बनाई राखेको २० ग्राम लागू औषध (ब्राउन सुगर) पदार्थ सहित फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुवाश खड्काले जानकारी दिए ।

 

Next Post

भेरी अस्पतालका दुई चिकित्सकमा कोरोना पुष्टि

८ भाद्र २०७७, सोमबार २०:३५
नेपालगञ्ज : भेरी अस्पतालका दुई चिकित्सकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा. संकेत रिसालको सोमवार कोरोना रिपोर्ट पोजेटिभ आएको हो भने वरिष्ठ फिजिशियन डा. राजन पाण्डेलाई मंगलवार कोरोना पुष्टि भएको हो । ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि उनले सोमवार स्वाब दिएका थिए । भेरी […]

ताजा अपडेट