बाँकेमा आत्महत्या दुरुत्साहन मुद्दामा फरार एक पक्राउ

सदरलाइन संवाददाता २७ असार २०८०, बुधबार १४:१९
 

नेपालगञ्ज : आत्महत्या दुरुत्साहन मुद्दामा फरार एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ३४ वर्षीय सद्दन बेहना रहेका छन् ।


प्रहरीका अनुसार, बाँके जिल्ला अदालतको २०७७ पुष २४ गतेको फैसलाले बेहना माथि आत्महत्या दुरुत्साहन मुद्दामा ९ महिना २४ दिन कैद र १० हजार जरिवाना तोकिएको थियो । त्यस पश्चात् उनी हालसम्म फरार रहेका थिए ।

आवश्यक कारवाहीका लागि उनलाई बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जङ्गलमा जरायो मार्ने ५ जना प्रहरीको नियन्त्रणमा

२७ असार २०८०, बुधबार १४:१९
सुर्खेत : काँक्रेविहार संरक्षित जङ्गल क्षेत्रभित्र जरायो मारेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जरायो मारेर मासु भागवण्डा गरिरहेको अवस्थामा वीरेन्द्रनगरको नयाँ गाउँ भन्ने स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो । जरायो मारेको गोप्य सूचनाको आधारमा प्रहरी बिहान साढे ३ बजेतिर घटनास्थलमा पुगेको थियो । घटनामा अन्य व्यक्तिहरूको पनि […]