साढे चौधग्राम ब्राउन सुगरसहित ३ जना जमुनाह प्रहरीको फन्दामा

२ श्रावण २०७६, बिहीबार १२:०८
 

सदरलाइनडटकम,
नेपालगञ्ज    : प्रहरीले भारतबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर नेपाल ल्याउदै गरेको अवस्थामा बिहीबार बिहान १० बजे तीन जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय जमुनाको संयुक्त टोलीले कम्मरमा लुकाई ल्याउदै गरेको अवस्थामा बीरेन्द्रनगर–३ सुर्खेतका २२ वर्षिय अमृत बिक, ३२ वर्षिय चन्द्रबहादुर बिक र सुनसरी ईनरुवा–७ घरभई हाल बीरेन्द्रनगर–३ मा नाई पसल सञ्चालन गर्दै आएका ३२ वर्षिय दिपेन्द्र ठाकुरका साथबाट प्याकिङ्ग गरेको अवस्थामा १४ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको हो ।
लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्जका ईन्चार्ज समेत रहेका प्रहरी निरिक्षक बिरबहादुर थापाले भारतबाट आउदै गरेका बिकद्वय र ठाकुरका साथबाट प्लास्टिकमा प्याक गरेको अवस्थाको १४ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको जानकारी दिए ।
उनले बरामद ब्राउन सुगर र प्रहरी नियन्त्रणमा रहेका तीनै जनालाई थप अनुसंन्धानको लागि जिल्ला प्रहरी कार्यालय नेपालगन्ज पठाउने तयारी भै रहेको जानकारी दिए ।

Next Post

सल्यानमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

२ श्रावण २०७६, बिहीबार १२:०८
सदरलाइनडटकम, सल्यान : नयाँ मुलुकी सहिंता जारी भएसँगै जिल्ला अदालत सल्यानमा मुद्दा दर्ताको चाप बढेको छ । अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका रहेका छन् । आर्थिक वर्ष ०७५/०७६ मा जिल्ला अदालत सल्यानमा ४ सय ७९ वटा मुद्दा दर्ता भएकोमा सम्बन्ध विच्छेदका २ सय ९ वटा मुद्दा दर्ता […]