भारतमा बिजेपी नेता अनिल परिहार र भाईको हत्या

१६ कार्तिक २०७५, शुक्रबार १७:२०
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतस्थित जम्मु काशमीरमा भारतीय जनता पार्टी (बिजेपी) का प्रदेश सचिव अनिल परिहार र उनका भाई अजित परिहारको अज्ञात बन्दुकधारीले बिहीवार राति गोली हानी हत्या गरेका छन् । उनीहरुलाई नजिकैबाट गोली प्रहार गरिएको बताइएको छ ।
जम्मु कश्मीरका बिजेपी महासचिव अशोक कौलले घटनाको पुष्टि गरेका छन् । प्रदेश सचिव परिहार पार्टीका उच्च नेता रहेको उनले बताए । बिजेपी स्टेट मोर्चाको अध्यक्षसमेत भइसकेका अनिल हाल इण्डिया युवा मोर्चाको सदस्य थिए ।
पछिल्लो समय परिहार स्टेट सेक्रेटरीसमेत थिए । कौलले उक्त घटनाको भत्र्सना गरेका छन् । घटनापछि काशमीरमा कर्फ्यू लगाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अहिले पूरै किस्तवाड क्षेत्रको स्थिति तनावपूर्ण बनेको छ । बिजेपीका राष्ट्रीय अध्यक्ष अमित शाह र केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले घटनाको निन्दा गर्दै दुःख व्यक्त गरेका छन् ।
जम्मु काशमीरका बिजेपी प्रवक्ता अल्ताफ ठाकुरले उक्त हमलाको निन्दा गर्दै जम्मु काशमीरमा बिजेपीको लोकप्रियता देखेर केही मानिस अत्तालिएको बताए । दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न उनले प्रहरीलाई आग्रह गरेका छन् । इन्सपेक्टर जनरल एसडी सिंह जम्वालले भने अहिलेसम्म हत्याराको पहिचान हुन नसकेको बताए ।
(एजेन्सीको सहयोगमा)

Next Post

कर्णाली प्रदेशसभाको बैठक आईतवारका लागि स्थगित

१६ कार्तिक २०७५, शुक्रबार १७:२०
सदरलाइनडटकम, सुर्खेत : कर्णाली प्रदेशसभाको शुक्रवार बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित भएको छ । संसद सचिवालयले सूचना टाँसेर प्राविधिक कारणले १८ गतेसम्मका लागि बैठक स्थगित गर्नु गरेको हो । संसद सचिवालयले सूचना टाँसेर अर्को बैठक कात्तिक १८ गते दिउँसो ३ बजेका लागि तोकेको छ । कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले […]