नेपालगञ्जको बजेट १ अर्व ६३ करोड ६५ लाखभन्दा बढी

सदरलाइन संवाददाता ९ असार २०७९, बिहीबार १४:५२
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको ११ औं नगर सभामा मेयर प्रशान्त विष्टले नीति तथा कार्यक्रम र उपमेयर कमरुद्दिन राइले बजेट प्रस्तुत गरेका हुन् ।

नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालयमा नगर सभामा सभाध्यक्ष विष्टले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

उपमेयर राईले आगामी आर्थिक वर्षका कुल एक अर्व ६३ करोड ६५ लाख ७२ हजार ४ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरे ।


उक्त सभामा सभाध्यक्ष विष्ट, उपप्रमुख राई, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतसहित २३ वटै वडाबाट प्रतिनिधित्व गरेर १ सय १७ जना सभासद सहभागी थिए ।

नियमानुसार हरेक स्थानीय तहले असार १० गतेभित्र नगर सभा गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सीमा क्षेत्रबाट हुनसक्ने मानववेचविखन रोक्न नेपाल–भारतका सुरक्षानिकाय र संघसंस्थाबिच सामुहिक प्रतिबद्धता

९ असार २०७९, बिहीबार १४:५२
नेपालगञ्ज  : सीमा क्षेत्रबाट हुनसक्ने मानव वेचविखनको कार्यलाई रोक्नुको साथै निरुत्साहित गर्न नेपाल–भारतका सुरक्षा निकाय र संघसंस्थाबिच सहमति भएको छ । नेपाल–भारतको खुला सीमानाका कारण मानव वेचविखन बढ्दै गएको ठहर गरेर आपसी समन्वयमा सो रोक्न दुबै देशका सम्बद्ध निकायहरु सहमत भएका हुन् । प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्वारा भारतको […]