पुस २४ देखि नेपालगञ्जमा मेला आयोजना

सदरलाइन संवाददाता ३० मंसिर २०८०, शनिबार १३:४२
 

नेपालगञ्ज : महिलाले गाउँघरमा उत्पादन गरेका खाद्य वस्तु, लत्ता कपडा, सामग्री, उत्पादनको बजारीकरणका लागि नेपालगञ्जमा लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी मेला आयोजना हुनेभएको छ ।

महिला उद्यमी संघ नेपाल बाँकेले महिलाले उत्पादन गरेको वस्तुहरुको प्रवद्र्धन गर्ने उदेश्यले लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी मेला आयोजना गर्न लागेको जनाएको छ ।

महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्री बस्नेतको अध्यक्षतामा बसेको बैठकले आगामी पुस २४ देखि २८ गतेसम्म नेपालगञ्जमा मेला आयोजना गर्ने निर्णय गरेको अध्यक्ष बस्नेतले बताइन् ।

उनले यस वर्ष थप व्यवस्थित र ग्रामीण भेगका महिलालाई बढी प्राथमिकतामा राखेर प्रदर्शनी आयोजना गर्ने तयारी गरिएको जनाउँदै गाउँघरमा उत्पादित सामानलाई प्रदेशभरि चिनाउने लक्ष्य रहेको बताइन् ।


त्यसका लागि स्थानीय सरकार लगायत विभिन्न संघ संस्थाहरुबाट सहयोग लिने निर्णय गरिएको संघले जनाएको छ । यसपटक थप नयाँ स्थानबाट उत्पादन, उद्योग र व्यवसायमा काम गरिरहेका महिलालाई बजारीकरणका बारेमा सिकाउँदै सहयोग गर्ने संघको योजना रहेको महिला उद्यमी संघ नेपाल बाँकेकी प्रथम उपाध्यक्ष रेवती सिंहले बताइन् ।

यसैगरी संघको बैठकले प्रदर्शनी मेला आयोजनाका लागि महिला उद्यमी संघ नेपाल बाँकेकी प्रथम उपाध्यक्ष सिंहको संयोजकत्वमा समिति गठन गरेर तयारी अगाडि बढाएको छ ।

प्रदर्शनी मेला संयोजक सिंहले नवउद्यमी महिलालाई प्रोत्साहन गर्दै व्यापार, व्यवसायमा भएका महिलालाई सहयोग गर्ने उद्देश्यले हरेक वर्ष मेला आयोजना गर्ने गरिएको बताइन् । उनले यस वर्ष प्रदर्शनीलाई अझ आकर्षक र सफल बनाउन विभिन्न योजना बनाएर काम गरिरहेको जानकारी दिइन् ।

आयोजक महिला उद्यमी संघ नेपाल बाँकेको टोलीले प्रदर्शनी मेला आयोजनाको बारेमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टसँग भेटघाट गरेको छ । भेटघाटको क्रममा उपमहानगरपालिकाको समन्वयमा मेलालाई थप प्रभावकारी बनाउने बारेमा छलफल भएको संयोजक सिंहले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर ५ मा साप्ताहिक सरसफाई

३० मंसिर २०८०, शनिबार १३:४२
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका वडा नं. ५ मा बृहद् सरसफाई गरिएको छ । कोहलपुर शहर, हाम्रो शहर, सफा राख्ने सबैको रहर भन्ने मुल नाराका साथ वडा कार्यालयबाट शुरु गरिएको सरसफाई कार्यक्रममा सहभागीहरुले एनसिसिएन बजार लगायत बढी भीडभाड हुने स्थानहरुमा अव्यवस्थित रुपमा रहेका फोहोरलाई एकत्रित गरी विसर्जन गरिएको वडाध्यक्ष […]