जङ्गलमा जरायो मार्ने ५ जना प्रहरीको नियन्त्रणमा

सदरलाइन संवाददाता २७ असार २०८०, बुधबार १४:२२
 

सुर्खेत : काँक्रेविहार संरक्षित जङ्गल क्षेत्रभित्र जरायो मारेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

जरायो मारेर मासु भागवण्डा गरिरहेको अवस्थामा वीरेन्द्रनगरको नयाँ गाउँ भन्ने स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।


जरायो मारेको गोप्य सूचनाको आधारमा प्रहरी बिहान साढे ३ बजेतिर घटनास्थलमा पुगेको थियो ।

घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता देखिएकाले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छैन । काँक्रेविहार एक पर्यटकीय क्षेत्रका साथै संरक्षित जङ्गल पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके प्रशासनमा सामान्य बन्दै नागरिकता लिनेको भीड

२७ असार २०८०, बुधबार १४:२२
नेपालगञ्ज : जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिन थालिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा बढेको भीड सामान्य बन्दै गएको छ । असार १० गतेदेखि नागरिकता लिनेको भीडका कारण अन्य सेवा समेत प्रभावित भइरहेकोमा पछिल्लो समय अवस्था सामान्य बन्दैगएको सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिए । […]