छोरीका लागि न्याय खोज्दै डुडुवाका एक दम्पत्ती

सदरलाइन संवाददाता २१ असार २०८०, बिहीबार १६:३४
 

नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर १ बस्ने नारायण कुर्मी र उनकी श्रीमती सिपुरी कुर्मीले विवाहको नाममा छोरी बेचिएको आरोप लगाएका छन् ।

२०७६ सालमा उनको छोरी रेश्मा कुर्मीको विवाह नेपालगञ्ज वडा नम्बर १३ गंगापुर बस्ने कन्हाई लाल कुर्मीसँग भएको थियो । ज्वाइ मानसिक रुपमा बिरामी परेकोले छोरीलाई ज्वाइका परिवारले माइती पठाएका थिए । केहि महिना नबित्दै ज्वाइको मृत्यु भएको छ ।

छोरीको तीन महिना माइती बसाईपछि बुहारी केतिया कुर्मी, नातिनी पवन कुर्मी, आरती कुर्मी र स्थानीय नेता एवं पूर्व प्रदेश मन्त्री विजय कुमार यादवले भारतको बहराइच जिल्ला पर्ने अच्कवा गाउँ निवासी दिनेश कुर्मीसंग रेश्मा कुर्मीको विवाह गराएको पीडित नारायण र सिपुरीको आरोप छ ।

विवाह खर्च स्वरुप २ लाख दिने सम्झौता भएको सिपुरी र उनका आफन्तले बताउँछन् । सिपुरी र उनका श्रीमान् नारायणका अनुसार असार १२ गते स्थानीय नेता यादवले एक लाख नगद दिन घर आएका थिए, तर छोरीको कुनै हालखबर नभएकोले उक्त रकम आफुहरुले नलिएको उनको भनाइ छ ।


सिपुरी र उनका श्रीमान् नारायण कुर्मीका अनुसार बुहारी केतिया कुर्मी, नातिनी पवन कुर्मी, आरती कुर्मी र स्थानीय नेता विजय यादवले छोरीलाई बेचेका छन् । उनले आफ्नो उजुरी प्रहरीमा दिन खोज्दा स्थानीय नेता यादवले उजुरी फिर्ता लिन लगाएर समाजमा अगुवा र जानकार बीच समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।

६९ वर्षीय नारायण र ५५ वर्षीय सिपुरीको एक छोरा एक छोरी गरि ४ जनाको परिवार छ । २५ वर्षीय छोराले नेपालगञ्जमा मजदुरी गर्छन् भने छोरीको विवाहपछि कुनै खबर आएको छैन । बिहीबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरि उनले आफ्नो छोरी फिर्ता गराउन गुहार लगाएकी छन् ।

छोरी रेशमा कुर्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युवालाई व्यवसाय सञ्चालनको लागि उपकरण हस्तान्त्रण

२१ असार २०८०, बिहीबार १६:३४
नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगर वडानं. १२ र सामाजिक विकास मञ्च बाँकेको सहकार्यमा वडामा रहेका ९ जना लघु उद्यमीहरुलाई उद्यम सञ्चालनका लागि औजार तथा उपकरण हस्तान्त्रण गरिएको छ । वडामा रहेका लघु उद्यमी तथा सीप विकास तालिम प्राप्त गरेका युवालाई व्यवसाय सञ्चालनका लागि न्यूनतम साझेदारी मोडेलमा २० प्रतिशत युवाको र ८० […]