नेपाल संवतका अवसरमा नेपालगञ्जमा मोटरसाइकल र्याली

सदरलाइन संवाददाता २८ कार्तिक २०८०, मंगलवार १६:०९
 

नेपालगञ्ज : नेपाली मौलिक संवत् नेपाल संवत ११४४ को अवसरमा नेपालगञ्जमा शुभकामना आदानप्रदान सहित मोटरसाईकल र्याली निकालिएको छ । बाँकेका क्रियाशिल नेवाः खल, पुच र नेवाः गुठीहरुको संयुक्त आयोजनामा नेपालगन्जमा शुभकामना आदानप्रदान र मोटरसाइकल र्याली निकालिएको हो ।

स्थानीय गणेशमानचोकबाट सुरु भएको र्याली नेपालगञ्जको बिभिन्न चोकहरु सहित प्रसिद्ध बागेश्वरी मन्दिर परिक्रमा पछि भृकुटीनगरमा पुगेर समापन भएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले उदघाटन गरेर सुरु भएको र्याली नेवाः पुच बाँकेका संस्थापक अध्यक्ष बद्रि प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा समापन भएको थियो ।


र्यालीमा बाँकेबाट प्रतिनिधित्व गर्ने संघ तथा प्रदेश सांसदहरु, प्रशासन र प्रहरी प्रमुख सहित नेवाः समुदायबाट उल्लेख्य उपस्थिती रहेको थियो । नेपालगञ्जको नगर परिक्रमामा क्रममा टोलटोलमा स्थानीइले र्यालीको स्वागत गरेको रुट ब्यवस्थापन संयोजक दिपेन्द्र कुमार जोशीले बताए ।

नेवाः पुच बाँकेका अध्यक्ष जितेन्द्र जोशीको अध्यक्षतामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल संवत् नेवाः समुदायको मात्र नयाँ वर्ष भएर सम्पूर्ण नेपालीहरुको भएको बताए । उनीहरुले नेपालीहरुले गौरव गर्ने एकमात्र पर्व नै नेपाल संवत् भएको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तिहारको मुख्य दिन बुधवार भाइटीका

२८ कार्तिक २०८०, मंगलवार १६:०९
नेपालगञ्ज : यमपञ्चक अर्थात् तिहारको मुख्य दिन बुधवार भाइटिका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । यसरी पूजा गरी टिका […]