नेपालगञ्जबाट साढे ३८ लाखसहित समातिए हुण्डी कारोबारी

सदरलाइन संवाददाता २७ फाल्गुन २०८०, आईतवार १८:२७
 

नेपालगञ्ज : सरकार परिवर्तन भएको एकहप्ता बित्न नपाउँदै नेपाल–भारत सिमा क्षेत्रमा अबाञ्छित क्रियाक्लाप एवम् गैरकानुनी कारोबार गर्नेहरुप्रति सुरक्षा निकायहरुले निगरानी बढाउन शुरु गरेको पाईएको छ ।

लामो समयदेखि पैसाको गैरकानुनी कारोबार गरिरहेको सुराकी पाएको आधारमा उक्त गिरोहहरुको पिछा गर्ने क्रममा आईतबार अपरान्ह नेपालगञ्जको न्यूरोडबाट ३८ लाख ६४ हजार रुपैयाँसहित ३ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ भने १ जना २५ लाख नगदसहित फरार भएका छन् ।

बाँके प्रहरीका अनुसार जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडानम्बर ४ बागेश्वरी मन्दिरको पूर्वीगेट नजिकै न्यूरोडको पूर्बी किनारको भित्रि सटरमा कार्यालय बनाई हुण्डी अर्थात पैसाको गैरकानुनी कारोबार गरिरहेको सूचनाको आधारमा नेपालगञ्जस्थित राष्ट्रिय अनुसन्धान बिभागको टोली र नेपाल प्रहरीको सिबिल टोलीले लामो समयको निगरानीपछि आईतबार पैसासहित ३ जनालाई पक्राउ गरेको र १ जना फरार भएका छन् ।


हुण्डि कारोबार गर्ने कार्यालयमा स्रोत नखुलेको पैसा जम्मा हुन आएपछि कार्यालयमा सहयोगीको रुपमा रहेका बारबर्दिया–२ बर्दिया घर भएकी २५ बर्षिया पूर्णिमा चौधरीले झोलामा बोकेको १६ लाख ९४ हजार, त्यसैगरि बर्दिया राजापुर–११ का २० बर्षिय अनुप थारुले बोकेको २१ लाख ७० हजार र उक्त कारोबारको नेतृत्व गरेर कार्यालयमा रहेका नेपालगञ्ज–१६ जयसपुरका ३६ बर्षिय हबिब अहमद जसगढलाई बाँके प्रहरीले पक्राउ गरेको छ भने सोही क्रममा २५ लाख बोकेको इजाज हुसेन भने घटना स्थलबाटै फरार भएको पक्राउ परेकाहरुको बयानको आधारमा समेत खुलेको छ ।

पक्राउ परेको जसगढको कार्यालयमा प्रहरीे टोलीले गरेको प्रारम्भिक छानबीनमा पैसाको गैरकानुनी हुण्डी कारोबार ब्यक्तिले बिभिन्न ब्यक्तिका लागि काठमाण्डौदेखि भारतका बिभिन्न ठाउँहरुमा पैसा उपलब्ध गराईदिए बापत ३ देखि ४ प्रतिशतसम्म कमिशनका लागि नेपालगञ्जस्थित बिभिन्न बैंकहरुको शाखा मार्फत प्रयाः जसो हरेकदिन एउटै ब्यक्तिले बिभिन्न ब्यक्तिको नाममा खोलिएका बैकं खाताहरु मर्फत पैसा पठाउने गरेकोमा आईतबार उक्त ब्यक्तिले १ महिनामा करिब २५ करोड ट्रान्जेक्शन गरेको डकुमेन्टहरु बाँके प्रहरीले फेला पारेको पनि स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एक लाख बढीको अवैध सामान बरामद

२७ फाल्गुन २०८०, आईतवार १८:२७
नेपालगञ्ज : भारतबाट अबैध रुपमा भन्सार छलि ल्याएको अवैध सामानहरु बाँके प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहका अनुसार, भन्सार छलि ल्याएको पेय पदार्थ, चामल, केराउ, थानको कपडा लागायत अन्दाजी मुल्य एक लाख चौध हजार बराबरको सामान बरामद गरिएको हो । बरामद गरी आशवश्यक कारवाहिको लागि नेपालगञ्ज भन्सार […]