नेपालगञ्ज १३ का कार्यवाहक वडाध्यक्ष कबडियालाई कैद

सदरलाइन संवाददाता १९ माघ २०८०, शुक्रबार १८:२२
 

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ का कार्यवाहक वडाध्यक्ष दिलावर कबडियालाई विशेष अदालतले एक महिना कैद र ९ हजार जरिवाना हुने फैसला गरेको छ ।

अनुदानका लागि सिफारिस गर्न ९ हजार रुपैयाँ घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले उनलाई कैद र जरिवानाको फैसला सुनाएको हो ।


विशेष अदालतका न्यायाधीशहरू डा. खुशीप्रसाद थारू, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले प्रतिवादी कबडियालाई दोषी ठहर गरेको हो ।

कबडियाले पशु फार्म निर्माण सम्पन्न गरेपछि अनुदान रकम प्राप्त गर्न सिफारिस माग गर्दा कार्यवाहक वडाध्यक्षको भूमिकामा रहेका वडासदस्य कवडियाले ९ हजार घुस मागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समुदायमा जलन व्यवस्थापन तालिम

१९ माघ २०८०, शुक्रबार १८:२२
नेपालगञ्ज : गत केही समययता बाँकेका नेपालगञ्ज लगायत दुर्गम ठाउँहरूमा समेत अत्यधिक चिसो बढेकाले आगो ताप्ने क्रममा लापरबाही गर्दा स्थानीय बासिन्दा जलेर घाइते हुने क्रम बढेको छ । यस वर्ष मात्रै हालसम्म १० जना जति सर्वसाधारणले आगो ताप्ने क्रममा गरेको सामान्य असावधानीले गर्दा जलेको भेरी अस्पतालले जनाएको छ । चिसोबाट […]