भारतीय सेनाको विमान दुर्घटनाग्रस्त

१७ चैत्र २०७५, आईतवार १९:१४
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतीय वायुसेनाको एउटा मिग–२७ लडाकू विमान राजस्थानको जोधपुरमा आइतवार विहान दुर्घटनाग्रस्त भएको छ । नियमित उडानका क्रममा रहेको उक्त विमानका पाइलट भने सकुशल उत्रिएको भारतीय सेनाले जनाएको छ ।
वायुसेनाले विमान दुर्घटनाका बारेमा अनुसन्धान गर्न आदेश दिएको छ । जोधपुरबाट करिब १२० किलोमिटर दक्षिणमा दुर्घटनाग्रस्त भएको मिग–२७ विमानमा इन्जिनमा खराबी आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गत मार्च ८ तारिखमा पनि राजस्थानको बिकानेर इलाकामा मिग–२१ लडाकू विमान दुर्घटनाग्रस्त भएको थियो । रुसमा निर्मित मिग लडाकू विमानहरु एकपछि अर्को दुर्घटना हुने गरेका छन् ।
गत फेब्रुअरी १ तारिखमा पनि रुसमा निर्मित मिराज २००० लडाकू विमान पनि दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा दुबै पाइलटको ज्यान गएको थियो। यसैगरी गत फेब्रुअरी १२ मा राजस्थानको पोखरण क्षेत्र नजिक मिग–२७ लडाकू विमान दुर्घटनाग्रस्त भएको थियो । भारतमा फ्रान्समा निर्मित राफेल समेतका नयाँ मोडेलका लडाकू विमानहरू भित्र्याउने पहल गरिए पनि त्यो सफल हुन सकेको छैन ।
(एजेन्सी)

Next Post

खजुरामा हुने चारवटा खेलका लागि तयारी तीव्र

१७ चैत्र २०७५, आईतवार १९:१४
सदरलाइनडटकम, खजुरा (बाँके) : ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका ४ खेल बाँकेको खजुरा गाउँपालिकाको विभिन्न ठाउँमा हुने भएको छ । ज्ञानोदय नमूना माविमा बक्सिङ महिला पुरुष, शुक्र भलिबल स्टेडियममा भलिबल, शुक्र मावि सीतापुरमा हक्की महिला र डि गाउँ फुटबल मैदानमा फुटबलका केही खेल हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । […]