युवालाई व्यवसाय सञ्चालनको लागि उपकरण हस्तान्त्रण

सदरलाइन संवाददाता २१ असार २०८०, बिहीबार १९:५३
 

नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगर वडानं. १२ र सामाजिक विकास मञ्च बाँकेको सहकार्यमा वडामा रहेका ९ जना लघु उद्यमीहरुलाई उद्यम सञ्चालनका लागि औजार तथा उपकरण हस्तान्त्रण गरिएको छ ।

वडामा रहेका लघु उद्यमी तथा सीप विकास तालिम प्राप्त गरेका युवालाई व्यवसाय सञ्चालनका लागि न्यूनतम साझेदारी मोडेलमा २० प्रतिशत युवाको र ८० प्रतिशत संस्थाले उपलब्ध गराएको परियोजना संयोजक राम श्रेष्ठले जानकारी दिए ।

उनले यो कार्यक्रमका लागि संस्थाले वडा कार्यालयसंग १ लाख ४३ हजारमा सम्झौता गरी कार्यान्वयनमा ल्याएको बताए ।


उनले दिएको जानकारी अनुसार विद्युतिय वायरिङ्गका लागि २ जनालाई ड्रिल मेसिन, हेण्ड ग्याण्डर, पाईप रिन्च, वाल ग्रावेल मेसिन, फ्रेस हाउस सञ्चालनका लागि डिफ्रिज र ईलेक्ट्रीकल तराजु, सिलाई कटाईका लागि टेवल, स्टुल, आईरन, मोटर ग्यारेजका लागि पानी टंकी, कुलर सेट, स्प्रगन पिलास सेट उपलब्ध गराईएको छ ।

यसैगरी व्यूटी पार्लरका लागि हेयर स्र्टाट मेसिन फेसियल चियर, कर्ली रड, हेयर ड्रायर, गहना बनाउने कारिगरलाई ग्याँस सिलिण्डर सुनकाट्ने कैची स्टीलको कूर्ची ३ थान, किराना पसललाई डिफ्रिज, साईकल मर्मतका लागि काउन्टर टेवल, स्टिल चियर आदी वितरण गरिएको हो ।

वडा नं. १२ का वडा अध्यक्ष तरुण बज्राचार्यको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रमको सहजिकरण सुमित्रा चौधरीले गरेकी थिईन भने अध्यक्षता संस्थाका अध्यक्ष चम्पसिंह थापाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फलामे साङ्लोले बाँधेर राखिएका युवाको उद्धार

२१ असार २०८०, बिहीबार १९:५३
नेपालगञ्ज : बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ बाट एक मनोरोगी युवालाई उद्धार गरी नेपालगञ्जस्थित मानवसेवा आश्रममा ल्याइएको छ । २७ बर्षीय ओमप्रकाश थारु बिगत ५६ वर्षदेखि मनोसामाजिक समस्याबाट ग्रसित थिए । घरका सदस्यहरुले आर्थिक अभावका साथै अशिक्षाले गर्दा केही महिनादेखि उहाँलाई घरमै फलामे साङ्लो बाँधेर राखेका थिए । स्थानीयहरुले […]