नेपालगञ्ज कारागारमा कैदी मृत अवस्थामा भेटिए

सदरलाइन संवाददाता २१ असार २०८०, बिहीबार ११:५२
 

नेपालगञ्ज : नेपालगञ्ज कारगारमा डाँका चोरी मुद्दामा कैद सजाय भुक्तान गरि रहेका एक कैदी मृत अवस्थामा भेटिएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी बिपिनकुमार आचार्यले दिएको जानकारी अनुसार विहान रोलकलका क्रममा कैदीको संख्या अपुग भएपछि खोज तलासका क्रममा डाँका चोरी कसुरमा कैद भुक्तानी गर्दै आएका बाँकेको जानकी गाउपालिका–६ का २३ वर्षिय निरज गुप्ता भन्ने निरजकुमार बाँनिया कारागरको शैचालयमा झुण्डिएको अवस्थामा फेला परेका हुन ।


मृतक बानियाँलाई डाँका चोरी कसुरमा ३ वर्ष कैद र २० हजार जरिवाना अदालतले फैसला गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक नारायण डाँगीले जानकारी दिए ।

मृतक बानियाँको शव आवश्यक मुचुल्का गरी पोष्टमार्टमका लागि भेरी अस्पताल पुराईएको छ । प्रहरीले घटनाको आवश्यक अनुसंन्धान सुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा बाबुछोराको मृत्यु

२१ असार २०८०, बिहीबार ११:५२
सल्यान : सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । करेन्ट लागेर बस मालिक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सल्यानको कपुरकोट– ३ चोरखोला नजिक सडकमा लत्रिएको विद्युतको तारले बिहीवार बिहान साढे १० बजे रा १ ख ८३४ नम्बरको बसलाई छुँदा करेन्ट प्रवाह […]

सम्बन्धित