भारतमा भीडन्त हुँदा एक नेपालीको मृत्यु

सदरलाइन संवाददाता १२ मंसिर २०७७, शुक्रबार १६:४९
 

नेपालगञ्ज डेस्क : भारतको जम्मुकश्मीरमा भएको भिडन्तमा एक नेपालीको मृत्यु भएको छ । भिडन्तमा परी दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा निवासी ३० वर्षीय प्रेम केसीको मृत्यु भएको हो ।


मृतक केसी विगत १४ वर्षदेखि ‘इण्डियन आर्मी’ मा कार्यरत थिए । मृतकका पारिवारिक स्रोतका अनुसार शुक्रवार बिहान ५ बजे भएको भिडन्तमा केसीको मृत्यु भएको हो । उनको शव नेपाल ल्याउन पहल भईरहेको बताइएको छ ।

Next Post

भेरीको परीक्षणमा १८ संक्रमित थपिए

१२ मंसिर २०७७, शुक्रबार १६:४९
नेपालगञ्ज : भेरी अस्पतालको परीक्षणमा बाँके आठसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७३ जनाको नमुना परीक्षण गर्दा बाँकेका १८ सहित अन्य जिल्लाका गरी १८ जनामा संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालले शुक्रवार जारी गरेको सूचनाअनुसार हालसम्म प्राप्त ४९ हजार ४ सय २२ जनाको […]