तयारी कपडा र नेपालगञ्ज इलोक्ट्रिकल विजयी

९ फाल्गुन २०७५, बिहीबार १४:३९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा जारी प्रथम जुमा अन्तरव्यवसायी फुटबल प्रतियोगिताअन्तर्गत विहीवारको खेलमा तयारी कपडा व्यवसायी संघ र नेपालगञ्ज इलोक्ट्रिकल एशोसिएशन विजयी भएका छन् । पहिलो खेलमा तयारी कपडा व्यवसायी संघले जुत्ता चप्पल व्यवसायी संघलाई २–१ गोेल अन्तरले पराजित गरेको थियो ।
तयारी कपडा व्यवसायी संघ तर्फबाट प्रकाश शर्माले १ गरेका थिए । जुत्ता चप्पलका विष्णु अर्यालले अफ्नै गोल पोष्टमा आत्मघाती गोल गरेपछि तैयारी कपडा व्यवसायी संघ २–१ विजयी भएको थियो । जुत्ता चप्पल व्यवसायी संघ तर्फबाट भरत गौतमले १ गोल फर्काएका थिए । तयारी कपडा व्यवसायी संघका गोल रक्षक तरुण बज्रराचार्य म्यान अफ द म्याच घोषित भए ।
त्यसै गरि सम्पन्न दोश्रो खेलमा नेपालगञ्ज इलोक्ट्रिकल एशोसिएशनले कस्मेटिक तथा चुरा व्यवसायी संघलाई २–० गोल अन्तरले पराजित गरेको थियो । नेपालगञ्ज इलोक्ट्रिकलको तर्फबाट दिपक बोहरा र सुरेन्द्र कुमारले क्रमस १÷१ गोल गरेका थिए । नेपालगञ्ज इलोक्ट्रिकलका गोल रक्षक अमित परियार म्यान अफ द म्याच घोषित भए ।
शुक्रवार अन्तिम प्रतिस्पार्धा हुनेछ । प्रथम हुने टिमलाई नगद १ लाख १ हजार १ सय ११ र द्वितीय हुने टिमलाई नगद ५१ ह्जार १ सय ११ रुपैयाँ प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष भीम राणा भाटले जानकारी दिए ।

Next Post

चिकित्सकद्वारा आकस्मिकबाहेक सबै सेवा ठप्प

९ फाल्गुन २०७५, बिहीबार १४:३९
सदरलाइनडटकम, काठमाण्डौ : आन्दोलनरत सरकारी चिकित्सकहरुले शुक्रवार देशभरका सबै अस्पतालहरुको आकस्मिकबाहेकका सेवा बहिष्कार गरेका छन । स्थानीय तह मातहत राख्ने गरी आएको निजामती कर्मचारी ऐन सच्याउन सरकारलाई दवाव दिँदै आएका सरकारी चिकित्सकहरुले शुक्रबार देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन् । उनीहरुले शुक्रबार बिहान झण्डै १० बजेतिर वीर […]