
सदरलाइनडटकम,
दाङ : एक लाख बढी रकमसहित दाङमा ७ जुवाडे पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका ३ महादेव चौतारी बस्ने ४० वर्षीय शुकबहादुर बुढाको घरमा सोमवार राति प्रहरीले छापा मारी ७ जना जुवाडे र १ लाख १६ हजार ५ सय नगदसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको सयुंक्त टोलीले उनीहरूलाई पक्राउ गरेको दाङका प्रहरी नयाब उपरीक्षक सुमित खड्काले बताए । महादेव चौतारी बस्ने घर मालिक बुढासहित सोही ठाउँ बस्ने ३८ वर्षीय भिमबहादुर कँडेल, २६ वर्षीय मिनबहादुर घिमिरे, ४६ वर्षीय चेतानन्द बस्नेत, ३२ बसन्त थापा, ३० वर्षीय यमबहादुर केसी र तुलसीपुर ८ बस्ने ३८ वर्षीय प्रेम बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



