तेल मिलमा आगलागी हुँदा करोडौको क्षति

सदरलाइन संवाददाता १६ भाद्र २०८०, शनिबार १३:५१
 

दाङ : तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा आगलागी भएको छ । शुक्रवार राती ढाई बजे तेल मिलमा आगलागी भएको सञ्चालक हिमाल बस्नेतले बताए ।

तेल मिलमा आगलागी भएको र आफूले झण्डै एक घण्टापछि मात्र थाहा पाएको उनको भनाइ छ । आगलागी भएको खबर पाएलगत्तै स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतले ट्यांकर तथा दमकलको सहयोगमा आगो नियन्त्रमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।


आगलागीबाट २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । आगलागीको कारण खुलेको छैन । उक्त तेल मिल तुलसीपुर क्षेत्रमा सबैभन्दा पहिले स्थापना भएको मिल हो । बस्नेत तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जका छाडा पशुचौपायालाई कान्जीहाउस लगियो

१६ भाद्र २०८०, शनिबार १३:५१
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले बजार क्षेत्रका छाडा पशुचौपायालाई कान्जीहाउस लैजान थालेको छ । बजार क्षेत्रमा छाडारुपमा छोडिएका ७ दर्जन गाई–गोरु र घोडा–खच्चडलाई शुक्रवार विहान वडा नम्बर २१ विर्तास्थित कान्जीहाउसमा लगिएको छ । बजारमा छाडा पशुचौपायाको संख्या बढ्दै जाँदा दुर्घटना हुन थालेपछि ५० वटा गाई–गोरु र ३२ वटा घोडा–खच्चडलाई कान्जीहाउस पुर्याइएको […]