महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेद्वारा राजीनामा

सदरलाइन संवाददाता १६ असार २०७९, बिहीबार १३:३३
 

काठमाण्डौ : भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन् ।

बहुमत परीक्षणका लागि सर्वोच्च अदालतले आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन् । सामाजिक सञ्जालबाट उनले मुख्यमन्त्री पद त्यागेको घोषणा गरेका छन् । साथै उनले मुख्यमन्त्री पदबाट राजीनामा गर्दा कुनै दुःख नलागेको बताएका छन् ।


ठाकरे भारतीय शिवसेनाका प्रमुख हुन् । बहुमत परीक्षण गर्न बिहीवार विधान सभाको विशेष अधिवेशन आह्वान गरिएको थियो । ठाकरेले राज्यपाल भगतसिंह कोसियारीलाई राजभवन पुगेर आफ्नो राजीनामा बुझाएका छन् ।

ठाकरेले विधान परिषद्को सदस्यबाट पनि राजीनामा दिने बताएका छन् । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव धर्म सेवा समितिद्वारा शैक्षिक सामग्री वितरण

१६ असार २०७९, बिहीबार १३:३३
नेपालगञ्ज : नेपाल मानव धर्म सेवा समिति भेरी–राप्ती क्षेत्र नेपालगञ्जले शिक्षा अभियानअन्तर्गत श्री राम जानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । चोैलानी पुस्तक पसल कारकादोले उपलब्ध गराएको झोला र स्टेशनरीलगायतका शैक्षिक सामग्री नेपालगञ्ज २० मनिकापुर नयाँ बस्तीमा रहेको विद्यालयलाई वितरण गरिएको हो । नेपाल मानव धर्म […]