सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा बाबुछोराको मृत्यु

सदरलाइन संवाददाता २१ असार २०८०, बिहीबार १३:२५
 

सल्यान : सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । करेन्ट लागेर बस मालिक गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सल्यानको कपुरकोट– ३ चोरखोला नजिक सडकमा लत्रिएको विद्युतको तारले बिहीवार बिहान साढे १० बजे रा १ ख ८३४ नम्बरको बसलाई छुँदा करेन्ट प्रवाह भएर घटनास्थलमै दुई जनाको मृत्यु भएको हो ।


बसमा सवार गंगादेब गाउँपालिका –४ रोल्पाका अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगीको करेन्ट लागेर मृत्यु भएको छ भने बस मालिक सल्यान छत्रेश्वरी गाउँपालिका–६ का अन्दाजी वर्ष ३५ का महेन्द्र वली गम्भीर घाइते भएको सल्यान प्रहरीले जनाएको छ ।

बस मालिक वलीलाई थप उपचारका लागि दाङ पठाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरबाट पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ

२१ असार २०८०, बिहीबार १३:२५
कोहलपुर (बाँके) : प्रहरीले कोहलपुरबाट पाटेबाघको छालासहित चार जनालाई पक्राउ गरेको छ । कोहलपुर –११ बाट लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले ९ फिट ८ इन्चको एक थान बाघको छाला र ६ किलो ८ सय १८ ग्राम हड्डीसहित चार जनालाई पक्राउ गरेको हो । प्रहरीका […]