२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

कोहलपुरस्थित खाल्डोमा एक बृद्ध मृत फेला



कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका वडा नं. १ स्थित बसपार्क नजिक खाल्डोमा एक बृद्ध मृत अबस्थामा फेला परेका छन् ।

घोप्टो अबस्थामा फेला परेको बृद्धको पहिचान हुन सकेको छैन । कालो टिसर्ट र प्रहरीको पोषाक जस्तो देखिने हाफ पाईन्ट लगाएका उनको पहिचान हुन नसकेको हो ।

घटनास्थलबाट बृद्धलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिए पनि चिकित्सकहरुले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बिस्तृत बिबरण आउन बाँकी ।

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रबार
ताजा समाचार