२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

तीन करोड भारू र १५ किलोग्राम सुनसहित तीन नेपाली पक्राउ



धनगढी : भारतबाट नगद र सुन चोरी गरी घर फर्किरहेका तीन जना नेपाली पक्राउ परेका छन् । बिहीवार नगद र सुन चोरीको आरोपमा तीनै जनालाई भारतीय प्रहरीले तिकुनियाँबाट पक्राउ गरेको बताइएको छ ।

भारतमा चोरी गरेर पक्राउ पर्नेमा टीकापुर नगरपालिका वडा नम्बर ८ कर्मीडाँडाका शंकर साउँद, उनकी श्रीमती र बर्दिया घर भएका चौधरी थरका व्यक्ति रहेको बताइएको छ ।

कैलाली प्रहरीले यो विषयमा जानकारी नभएको बताएको छ भने सशस्त्र प्रहरी बलले तिकुनियाँको बसपार्कबाट नेपाली नागरिकहरू पक्राउ परेको सुन्नमा आएको तर विस्तृत जानकारी प्राप्त नभएको बताएको छ ।

भारतमा घरेलु कामदारको रुपमा काम गर्ने र त्यसपछि त्यहीँ घरमा चोरी गरेर घर फर्किने गलत धन्धाका कारण सोझा नेपाली मजदुरले भारतमा यातना र अपमान खेप्नुपरेको प्रवासी नेपालीहरूले बताउँदै आएका छन् ।

प्रकाशित मिति : २०८० असार २८ गते बिहीबार
ताजा समाचार