२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

दाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, घाइतेलाई कोहलपुर रिफर



नेपालगञ्ज : दाङको तुलसीपुरदेखि रोल्पाको ओतका लागि छुटेको जिप दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

रोल्पाको गंगादेव गाउँपालिका वडा नं. १ का चालक अन्दाजी ३२ वर्षीय विष्णु पुनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनाका अन्य चार जना घाइतेलाई थप उपचारका लागि बाँकेको कोहपुर मेडिकल कलेजका लागि रिफर गरिएको छ ।

तुलसीपुरदेखि रोल्पाको ओतका लागि छुटेको रा १ ज ५५६ नम्बरको यात्रुबाहक जिप तुलसीुर उपमहानगरपालिका वडा नं. ३ शिरखोला नजिकैबाट अन्दाजी ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

दुर्घटनामा परी दश जना घाइते भएको र ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । अन्य घाइतको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार जारी छ ।

शुक्रबार बिहान साढे दश बजेतिर तुलसीपुरदेखि रोल्पा जान थालेको यात्रुबाहक जिप तीव्र गतिका कारण दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ ।

प्रकाशित मिति : २०८० असार १ गते शुक्रबार
ताजा समाचार