बाँकेको स्वास्थ्यकर्मीको टोली र स्वास्थ्यमन्त्री खनालबीच भेटघाट

सदरलाइन संवाददाता २२ जेष्ठ २०८०, सोमबार १३:३६
 

नेपालगञ्ज : लुम्विनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले स्वास्थ्य क्षेत्रको सुधारका निमित्त प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँके र नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाको टोलीसँग सोमवार आफ्नै कार्यकक्षमा आयोजित भेटघाट कार्यक्रममा स्वास्थ्यमन्त्री खनालले प्रदेशका नागरिकको स्वास्थ्यका सवालमा प्रदेश सरकार गम्भीर रहेको बताए ।

उनले अन्य क्षेत्रको बजेट कटौती गरेर भएपनि स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकता दिएको बताए । ‘उपचार अभावमा कुनै पनि नागरिकको ज्यान जान नपरोस् भन्ने सवालमा सरकार गम्भीर छ उनले भने–‘अन्य क्षेत्रको बजेट कटौती गरेरै भएपनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएका छा्रैं ।’ उनले पछिल्लो समय नसर्ने रोगको प्रभाव बढी देखिएकाले त्यसप्रति स्वास्थ्य मन्त्रालय सचेत र गम्भीर रहेको पनि बताए ।

‘पछिल्लो समय नसर्ने रोगका कारण मानिसहरुले मृत्युवरण गरेका तथ्य तथ्याङ्कहरु आइरहेका छन् उनले भने–‘यसबारेमा जनचेतना जगाउन आवश्यक छ । प्रदेश सरकारले नसर्ने रोगको बारेमा सचेतना फैलाउन विभिन्न कार्यक्रमहरु समुदायस्तरमा लैजाने गरी योजना बनाइरहेको छ ।’


टोलीले नेपालगञ्जका २३ वटै वडामा खोप केन्द्रको भवन निर्माणका लागि बजेट उपलब्ध गराउन पनि स्वास्थ्यमन्त्री खनालको ध्यानाकर्षण गराइएको टोलीमा सहभागी जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए ।

त्यसैगरी नेपालगञ्ज उपमहानगरपालिका–४ मा रहेको सहरी स्वास्थ्य प्रबर्धन केन्द्रको सेवालाई थप प्रभावकारी गराउन पनि मन्त्रीको ध्यानाकर्षण गराइएको छ । शहरी स्वास्थ्य प्रबर्धन केन्द्रलाई थप बजेट उपलब्ध गराएर यसको सेवालाई नागरिकमैत्री बनाउन पहल गरिदिन पनि टोलीले आग्रह गरेको जनस्वास्थ्य अधिकृत रोशनी पुनले जानकारी दिइन् ।

बाँकेको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य क्षेत्रको सुधारमा ध्यान दिन स्वास्थ्यमन्त्री खनाललाई सुझाव दिएको टोलीमा सहभागि जनस्वास्थ्य अधिकृत पुनले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फोहोरको थुप्रोमा बच्चाको शव भेटियो

२२ जेष्ठ २०८०, सोमबार १३:३६
नेपालगञ्ज : नेपालगञ्जमा फोहोरको थुप्रोमा बच्चा फेला परेको छ । नेपालगञ्जको टांगा स्टेशन नजिक सडक छेउमा फोहोरको थुप्रोमा ६÷७ महिनाको बच्चा फेला परेको हो । सडक छेउमा थुपारिएको फोहोरमा लिंग पहिचान भइसकेको भ्रुण हत्या गरि फालिएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । अवैध सम्बन्धबाट गर्भ बसेपछि भ्रुण हत्या गरिएको आशंका […]

सम्बन्धित