कोरोनाबाट बाँकेमा एक पुरुषको मृत्यु

सदरलाइन संवाददाता २२ मंसिर २०७८, बुधबार १२:४२
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–७ बर्दियाका ४० वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

ती पुरुषलाई मंसिर ४ गते भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी होमआइसोलेसनमै बसेका थिए । अवस्था जटिल बनेपछि मंगलवारमात्रै भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना भएका थिए ।


उनको मंगलवार रातीनै साढे १० बजे मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पसर्न तेज वलीले जानकारी दिए । योसँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका मृतक संख्या ४३५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुधवार विवाह पञ्चमी हर्षोल्लासका साथ मनाईंदै

२२ मंसिर २०७८, बुधबार १२:४२
नेपालगञ्ज : प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व बुधवार श्रीरामचन्द्र र सीताको पूजाआराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाईंदै छ । त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर रामसीताको पूजाआराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको […]