तराईका जिल्लामा कतै माघी, कतै खिचडी पर्व मनाईंदै

सदरलाइन संवाददाता २९ पुष २०८१, सोमबार १८:४५
 

नेपालगञ्ज :  माघ १ गतेलाई तराईका जिल्लामा कतै माघी कतै खिचडी पर्वको रुपमा मनाईंने गरिएको छ । बाँके लगायत तराई मधेशका जिल्लाहरुमा मंगलबार खिचडी पर्व मनाइने भएकोले यसको यत्रतत्र रौनक छाएको छ ।

मकर संक्रान्ति अर्थात माघे सक्रान्तिको दिनदेखि मै रात छोटो र दिन लामो हुँदै जाने विश्वास रहेको छ । यस पर्वलाई माघे सङ्क्रान्ति, मकर सङ्क्रान्तिका नामले चिनिन्छ । माघको पहिलो दिन अर्थात् १ गते मधेसी समुदायमा मनाइने मकर सङ्क्रान्तिको विधि र प्रक्रिया फरक भए पनि उद्देश्य र मान्यता साझा नै रहेको विद्वानहरुको भनाई छ ।

मधेशी समुदाय, थारू समुदाय, बातर समुदायसहित अन्य समुदायमा सङ्क्रान्तिलाई पर्व एवम् उत्सवको रुपमा मनाइने गरिएको छ । यस पर्वमा खिचडीको विशेष महत्व रहन्छ । धार्मिक मान्यता अनुसार यस दिन भगवानलाई खिचडीको भोग लगाउने चलन रहेको छ ।

खिचडी पर्व भनिने यस दिन चामल, खिचडीका सामग्रीहरू जस्तै मासको दाल, नुन, तरकारी, घिउ लगायतका सिदा दान गर्ने प्रचलन रहिआएको छ । यसै दिनदेखि माघस्नान सुरू गरेर माघ महिनाभर एकाबिहानै नुहाएर श्रद्धासाथ घिउखिचडी खाने चलन छ ।


शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ भने माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्षभरिको पापबाट मुक्ति पाउने विश्वास छ ।

तराईमा थारु समुदायको नयाँ वर्षको रुपमा समेत मनाईने गरिन्छ । मगर समुदायमा यसको छुट्टै विषेशता रहेको छ । मधेशी समुदायले खिचडी पर्वको रुपमा मनाउने चलन छ ।

माघे सक्रान्तिमा तिलको लड्डु, भुजाको लड्डु, सखरखण्ड, तरुल जस्ता कन्दमुल, भेलीको चाकु बनाई खाने र खुवाउने गरिन्छ ।

माघ १ गतेलाई नेपाल सरकारले २०६४ सालदेखि राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक बिदा दिँदै आएको छ । भने लुम्बिनी प्रदेश सरकारले माघको दोस्रो दिन पनि सार्वजनिक विदा घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा अवधी सम्मेलन, अवधी भाषाको विकासमा जोड

२९ पुष २०८१, सोमबार १८:४५
अयोध्या (भारत) : अवधी भाषाको संरक्षण सम्बद्र्धनका सबै विकासका लागि नेपाल–भारतका अवधभाषी पत्रकारहरुले जोड दिएका छन । विश्व हिन्दी दिवसको अवसरमा भारतको अयोध्यामा अवधी पत्रकार संघ नेपाल र नेपाल–भारत अवधी परिषदद्वारा संयुक्त रुपमा आयोजित अन्र्तराष्ट्रिय अवधी सम्मेलनमा प्राचिनकालदेखिको इतिहास बोकेको अवधी भाषाको विकास संरक्षण तथा सम्बद्र्धनका लागि सबैको भुमिका महत्वपुर्ण […]