रोयल नेपालगञ्जलाई प्रथम संघारी भेट्रान कपको उपाधि

सदरलाइन संवाददाता २८ माघ २०७९, शनिबार १३:३४
 

नेपालगञ्ज : प्रथम संघारी भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि रोयल नेपालगञ्ज फुटबल क्लबले जितेको छ । नेपालगञ्ज रंगशालामा सञ्चालन भएको प्रतियोगितामा रोयलले मिलन क्लब नेपालगञ्जलाई ५–१ गोलले पराजित गर्दै उपाधि जितेको हो ।

खेलमा अग्रता मिलनले लिएको थियो। मिलनका क्याप्टेन बिक्की लामाले गोल गरेर टीमलाई अग्रता दिएका थिए। गोल खाएपछि आक्रमक बनेको रोयलले पछि गोलको वर्षा गर्यो ।

रितेश खड्काले ह्याट्रिक गरे भने विशाल पाण्डेले दुई गोल गरे । दोस्रो हाफमा खेल एकतर्फी भएको थियो । प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैया पुरस्कार पाएका छन् ।


आयोजक एफसी संघारीका अध्यक्ष प्रेमबहादुर थारु, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष तरुण बज्राचार्य, एन्फा लुम्बिनीका उपाध्यक्ष सूर्यमणि अधिकारी, प्याब्सन नेपालगञ्जका अध्यक्ष एवं युनाइटेड स्कूलका प्रिन्सिपल विकास बज्राचार्य, व्यवसायीहरू माधव अर्याल, किसन गुरुङ, प्रशिक्षक सानु तामाङलगायतले विजेता र उपविजेता टीम, खेलाडी, प्रशिक्षक, व्यवस्थापकलाई पुरस्कार वितरण गरेका थिए ।

प्रथम संघारी भेट्रान कप फुटबल प्रतियोगितामा आठवटा टीमले भाग लिएका थिए । रोयल नेपालगञ्ज, मिलन क्लव, एफसी संघारीको ए र बी टीम, नेपालगञ्ज प्याब्सन, कोहलपुर प्याब्सन, न्यू डाँफे र एक्स आर्मीले प्रतियोगितामा भाग लिएको थियो ।

भेट्रान कपमा ३५ वर्षमाथिका खेलाडी सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाउन सकेन

२८ माघ २०७९, शनिबार १३:३४
नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकार गठन भएको एक महिना पूरा भएको छ । यद्यपि हालसम्म पनि प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । पुस २७ गते नेकपा एमालेका संसदीय दलका नेता लीला गिरी ५७ सांसदको समर्थनसहित मुख्यमन्त्री बन्नुभएको थियो । मुख्यमन्त्री बनेको एक महिना हुँदा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । मन्त्रिपरिषद् […]