बाँकेमा लागूऔषध सहित ३ जना पक्राउ

सदरलाइन संवाददाता २५ असार २०८०, सोमबार १५:४४
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्रामसहित सुर्खेत भेरी गंगा नगरपालिका–७ घर भई बाँके कोहलपुर नगरपालिका–११ बस्ने २६ वर्षीय दिपक वलीलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाहा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी बाँके राप्तिसोनारी गाउँपालिका–५ अलिनगरबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ४ सय ४० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–३३ बैशा बस्ने ३२ वर्षीय आनन्द खड्का र सोही गाउँपालिका–५ बिनौना बस्ने ३० वर्षीय देबेन्द्र खत्री रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरीले नेपालगञ्जबाट बैजापुरतर्फ जाँदै गरेको भे.७ प ७७४४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त, ५ वटा शव फेला

२५ असार २०८०, सोमबार १५:४४
नेपालगञ्ज : मंगलवार बिहान सोलुखुम्बुबाट काठमाण्डौ उडेको केहीबेरमै सम्पर्कविहिन बनेको (एनए–एमभी) कलसाइनको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । हेलिकप्टर सोलुखुम्बुको लाम्जुरापास क्षेत्रमा नै हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । खोजी कार्यमा गएको प्रहरी टोलीले अहिलेसम्म ५ वटा शब फेला पारेको छ । […]