नेपालगञ्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त

सदरलाइन संवाददाता १ माघ २०८१, मंगलवार १८:००
 

नेपालगञ्ज : नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरी विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्सरेस (एम्स) को दुत नियुक्त भएका छन् ।

यसअघि ठकुरीलाई इटालीको मिलानमा हेडक्वार्टर रहेको विश्वव्यापी संस्था फेडरेसन अफ इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोट्र्स (फिक्ट्स) ले समेत नेपालका लागि दुत नियुक्त गरि सकेको छ । अब ठकुरी दुईवटा अन्तर्राष्ट्रिय संस्थाका लागि नेपालको दुत भएर काम गर्ने अवसर प्राप्त गरेका छन् ।

एम्सका नवनिर्वाचित अध्यक्ष पाको बोराओले हालै ठकुरीलाई नेपालका लागि एम्सको दुत नियुक्त गरिएको मनोनयन पत्र पठाएका हुन् । ‘हामी तपाईंसँगको सहकार्यले विश्वभर रोड रनिङलाई प्रोत्साहन र प्रबद्र्धन गर्ने एम्सको लक्ष्य प्राप्ति हुने अपेक्षा गर्दछौं ।’ अध्यक्ष बोराओले पत्रमा उल्लेख गरेका छन्–‘तपाईंको नेपालगञ्ज म्याराथन आयोजकका रुपमा लामो समयको अनुभवलाई आत्मसात गद हालै सम्पन्न एम्सको वल्र्ड कंग्रेसमा तपाईंको उत्कृष्ट प्रस्तुति हेरेपछि हामी तपाईंलाई ंनेपालका लागि दुत नियुक्त गर्ने निर्णयमा पुगेका हौं । तपाईंले नेपालमा रोड रनिंगको विकासमा एम्सको प्रतिनिधित्व गर्दै समन्वय गर्नु हुनेछ भन्ने अपेक्षा गरेका छौं ।‘

नेपालगञ्ज म्याराथन नेपालबाट एम्सको पुर्णकालीन सदस्यता प्राप्त गर्ने पहिलो म्याराथन आयोजक हो । एम्सको इतिहासमा पहिलो पटक जापानको ओसाकामा भएको २३औं वल्र्ड कंग्रेसमा ठकुरीले नै भाग लिएका थिए । विश्व समुदायलाई नेपाल सम्बन्धी जानकारी गराउन ठकुरीले नेपाल रनिङ म्यागजिन समेत प्रकाशन गर्दै आएका छन् ।

एम्सको दुतका रुपमा ठकुरीले एम्सका सदस्यता विषयमा नेपाल भित्र रेस डाइरेक्टर तथा आयोजकलाई सुचित गर्नु पर्ने छ । साथै एम्सका गतिविधिलाई समन्वय कर्ताका रुपमा कार्य गर्नु, रनिङ समुदायमा हुने विवाद वा त्यस्ता बिषयका बारेमा एम्सको बोर्ड समक्ष निरन्तर रिपोर्टिंङ गर्नु पर्नेछ । एम्सको उद्देश्य र सदस्यताबाट हुने फाइदाका बारेमा रेस डाइरेक्टरलाई बुझाउँदै सदस्यता बिस्तार कार्यलाई प्रबद्र्धन गर्नु पर्नेछ ।


एम्सको दुत नियुक्त भएपछि नेपालगञ्ज म्याराथनका संस्थापक ठकुरीले खुशी व्यक्त गर्दै यसका लागि उनले सिंगो नेपालगञ्जवासी प्रति आभार प्रकट गरेका छन् । ‘धारा नेपालगञ्ज म्याराथनसँग सहकार्य गन राज्यका निकाय तथा प्राइभेट सेक्टर तथा समस्त सराकोरवा प्रति आभारी छु ।’ ठकुरीले भने–‘सिंगो नेपालगञ्जवासीलाई धन्यवाद दिन चाहन्छु ।’

नेपालगञ्ज म्याराथनको दशक यात्रा पुरागर्ने क्रममा कर्णाली हाफम्याराथन, नेपालगञ्ज १० किमी नाइटरन, राप्तीसोनारी नेचर रन र गौघाट ग्रीन रनले आफ्नो यात्रा आरम्भ गरिसकेका छन् । बौद्धिक बहस गर्ने थलोकारुपमा नेपालगञ्ज कनक्लेवसमेत निरन्तर आयोजना हुँदै आएको छ ।
खेलकुद संस्कृति प्रवद्र्धनमा समर्पित भएका कारण यसले भावी पुस्तालाई यी दुवै फोरम सिक्ने अवसर प्राप्त हुने ठकुरीले बताए ।

यी दुवै जिम्मेवारीले नेपालमा दौड संस्कृतिको प्रवद्र्धनमा आक्रामक ढंगले अघि बढ्दै समग्र खेलकुद संस्कृतिको विकासमा लाग्न अभिप्रेरित गरेको ठकुरीले बताएका छन् ।

एम्स संसार भर एकसय बीस देशमा झण्डै साढे चारसय रेस आयोजकहरु सदस्य भएको विश्वव्यापी संरचना भएको संस्था हो । एम्सको हालै भियतनामको हनोईमा भएको २४औं वल्र्ड कंग्रेसमा नेपालगञ्ज म्याराथनले २५औं वल्र्ड कंग्रेस नेपालमा आयोजना गर्नका लागि दाबी पेशगर्दा ६५मत प्राप्त गर्न सफल भएको थियो । त्यसमा नर्वेको मिडनाइटसन म्याराथनले ८७ मत प्राप्तगरी वल्र्ड कंग्रेस आयोजनाको अधिकार लिएको थियो ।

दशौं धारा नेपालगञ्ज म्याराथन गत मंसिर २२ गते सम्पन्न भएको थियो । नेपाली सेनाका खडकबहादुर खड्काले उपाधि जितेका थिए । त्यसैगरी हाफ म्याराथनमा सन्तोषी श्रेष्ठले लगातार चौथो पटक उपाधि रक्षा गर्न सफल भएकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माघमा मुख्यमन्त्री आचार्यको शुभकामनाः मौलिक कला संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तिकरण

१ माघ २०८१, मंगलवार १८:००
दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक कला संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तिकरण गर्न सकिने बताएका छन । माघे संक्रान्ति तथा माघ पर्वको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले मौलिक कला संस्कृति जोगाउनु सबैको साझा कर्तब्य भएको बताएका हुन । कला संस्कृतिलाई पर्यटन संग जोडेर समुदायको आर्थिक सशक्तिकरण गर्न […]

ताजा अपडेट